जलपाईगढ़ी, 17 जून (हि.स.)। जिल्लाको राजगञ्ज ब्लकस्थित बलराम क्षेत्रमा एक सुन पसलमा दुस्साहसिक चोरी भएको मामिला मंगलवार प्रकाशमा आएको छ। घटनाको कारणले क्षेत्रमा सन्त्राष फैलिएको छ। चोरहरूले अबेर राति पसलको शटर काटेर सुन र चाँदीका गहना अनि नगद सहित सीसीटीभी क्यामराको हार्ड डिस्क लिएर टाप कसे।
पसलका मालिक शिवनाथ कर्मकारले बताए, सदा जस्तै गए सोमवार पनि पसल बन्द गरेर तिनी घरमा गएका थिए। मंगलवार भोर बिहान शटर भत्किएको सूचना प्राप्त भयो। खबर पाउनसाथ तिनी तुरून्त पसलमा पुगे जहाँ चोरी भइसकेको थियो। पसलमा राखिएको सुन-चाँदीका गहना चोरी भएको छ। चोरले सीसीटीभी क्यामराको हार्ड डिस्क पनि चोरेर लग्यो। त्यसपछि घटनाको सूचना पुलिसलाई दिइयो। सूचना पाएर भोरेर आलो थानाको पुलिस घटनास्थलमा पुग्यो। पुलिसले मामिलाको जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा