कोलकाता, 17 जून (हि.स.)। बर्धमान विश्वविद्यालयमा भएको लगभग दुई करोड़ रुपियाँको धाँधली मामिलामामा सीआईडीले विश्वविद्यालयका पूर्वकुलपतिलाई डाकेको छ। पूर्व कुलपति निमाईचन्द्र सलाई बुधवार बिहान 10:30 बजे सीआईडी कार्यालयमा उपस्थित हुन भनिएको छ।
सीआईडीले आफ्नो पत्रमा भनेको छ, दुई करोड़ रुपियाँको धाँधली मामिलामा विस्तृत जानकारी लिनको लागि निमाईचन्द्र साहालाई बोलाइएको छ। उनलाई वास्तविक घटना बारे जानकारी हासिल गर्नको लागि सीआईडीको बर्दवान कार्यालयमा उपस्थित हुन भनिएको छ।
विश्वविद्यालयको कर्मचारी संगठनका अध्यक्ष अरिन्दम मल्लिकले बताए, निमाईबाबू कुलपति रहेको समय हामी पनि उनीबाट सम्पूर्ण मामिलाको बारेमा जान्न चाहन्थ्यौं। हामीले श्वेत पत्र प्रकाशित गर्ने माग पनि गरेका थियौं। तर उनले केही गरेनन्। घटना यस्तो छ, एकदिन अचानक विश्वविद्यालयकाअधिकारीहरूलाई विश्वविद्यालयको खाताबाट एक करोड़ 94 लाख रुपियाँ हराएको थाहा लाग्छ। उक्त रकमलाई बर्दवानको बड़ा बजार क्षेत्रस्थित एक सरकारी ब्यांकबाट निकालिएको थियो। यस कुरालाई लिएर ठूलो बबाल मच्चिएको थियो कि म्याच्योरिटी डेटपूर्वै फिक्स्ड डिपोजिटको पैसा कहाँ हरायो।
उल्लेखनीय छ, ईडीले मनी लण्ड्रिंग मामिलाको जाँच शुरू गरेको छ। गत 6 फरवरी, 2024-मा उक्त ब्यांकबाट विश्वविद्यालयको फिक्स्ड डिपोजिट निकाल्नको लागि आवेदन गरिएको थियो। उक्त पैसालाई ठेकादार कम्पनीको खातामा जमा गराउन भनिएको थियो। ब्यांक अधिकारीहरूलाई शंका लागेको थियो, पैसालाई विश्वविद्यालयको बचत खाताको सट्टामा ठेकादार कम्पनीको खातमा किन जमा गर्न भनियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा