सिलगढ़ी, 17 जून (हि.स)। आर्थिक धाँधलीको जाँचमा जुटेको प्रवर्तन निदेशालयको टीमले मंगलवार बिहानदेखिकै सिलगढ़ीका विभिन्न स्थानहरूमा छापा मारिरहेको छ। प्राप्त जानकारी अनुसार सलगढ़ीमा छह ठाउँ छापामारी भइरहेको छ।
सूत्र अनुसार यो छापामारी वित्तीय भ्रष्टाचारको मामिलामा गरिँदैछ। ईडीले नतुनपाड़ा क्षेत्रका दुईवटा घर, खालपाड़ाका तीन अनि लेकटाउनमा एउटा घरको खानतलासी लिइरहेको छ। बिहानदेखिकै यी घरहरूको अगाड़ि केन्द्रिय बललाई तैनाथ गरिएको छ। उल्लेखनीय छ, केही दिनअघि ईडीले नतुनपाड़ा क्षेत्रमा पनि छापा मारेको थियो। त्यहाँबाट एक जना व्यक्तिलाई पक्राउ पनि गरिएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा