बरपेटाको बरही बजारमा बेदखली अभियान
बरपेटाको बरही बजारमा बेदखली अभियान


बरपेटा (असम), 17 जून (हि.स.)। बरपेटा जिल्लाको बरही बजारमा प्रशासनद्वारा संचालित बेदखली अभियानलाई लिएर स्थानीय व्यापारीहरूमा तीव्र प्रतिक्रिया देखिँदैछ। जानकारी अनुसार चेंगा राजस्व चक्र अधिकारीको नेतृत्वमा बरही बजारका कतिपय पसलहरूमा बेदखली अभियान संचालन गरियो।

व्यापारीहरूको आरोप छ, उनीहरूले नियमित रूपमा ट्याक्स भुक्तान गर्दै आइरहेको भए पनि प्रशासनले पूर्व सूचना बिनै कारबाही गऱ्यो। यसलाई लिएर व्यापारीहरूमा व्यापक असन्तोष देखिँदैछ।

यता चेंगा विधानसभा क्षेत्रका एआईयूडीएफ विधायक आश्राफुल हुसैनले आरोप लगाए, भाजपासित सम्बन्धित केही दलालहरूलाई 'हप्ता' नदिएको कारणले यो कारबाही गरिएको हो। उनले चेंगाकी राजस्व अधिकारीलाई गुण्डा प्रवृत्तिको महिला-सम्म भनिन् साथै पूर्व सूचना नदिई बेदखली अभियान संचालन गरेको आरोप लगाए।

विधायकले भने, यदि सरकार अनि प्रशासनले व्यापारीहरूलाई जीविकाको लागि सहयोग गर्न सक्दैन भने उनीहरूलाई वैकल्पिक बजार उपलब्ध गराउने जिम्मेवारी लिनुपर्छ। उनले चेताउनी दिए, यदि अभियान जारी रह्यो भने उनले व्यापारीहरूलाई लिएर विरोध प्रदर्शन गर्नेछन्।

यस अभियानको कारणले बरही बजारमा तनाउ व्याप्त भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande