पश्चिम मेदिनीपुर, 17 जून (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाकोखड़गपुर ग्रामीण थानान्तर्गत हरियाताराक्षेत्रमा गए सोमवार साँझ एक लिक्विड ग्लिसरीन फ्याक्ट्रीमा वेल्डिंग भइरहेको समय विस्फोट भएर एकजना श्रमिकको मृत्यु भयो। घटनापछि फ्याक्ट्रीका अन्य श्रमिकहरू लगायत स्थानीय मानिसहरूमा भय व्याप्त भएको छ। पुलिस सूत्र अनुसार मृत श्रमिकको पहिचान बिहार निवासी मञ्जीत कुमार (25)-को रूपमा भएको छ।
प्राप्त जानकारीअनुसार ग्लिसरीन फ्याक्ट्रीकोविशाल ग्लिसरीन च्याम्बरकोढकनीमाथि बसेर श्रमिकले वेल्डिंग गरिरहेका थिए। अन्य श्रमिकहरू भने मुनि बसेका थिए। अचानक ग्लिसरीन च्याम्बरमा ग्यास सृजित भएर विस्फोट भयो। विस्फोट कतिसम्म भयंकर थियो भन्ने कुराको अनुमान यसबाट लगाउन सकिन्छ कि विस्फोटपछि श्रमिक ढकनी फ्याक्ट्रीदेखि लगभग सय मीटर टाड़ा पुगेर भुइँमा थेच्चिए जसबाट श्रमिकको घटनास्थलमै मृत्यु भयो।
विस्फोटको तीव्र आवाज सुनेर स्थानीय मानिसहरू घटनास्थलमा पुगे। खड़गपुर ग्रामीण थानाको पुलिस र दमकलका वाहनहरू पनि घटनास्थलमा पुगे। स्थानीय मानिसहरूले शवलाई घेरेर प्रदर्शन गरे। उनीहरूको भनाइ थियो, फ्याक्ट्रीमा श्रमिकहरोका लागि कुनै सुरक्षाव्यवस्था छैन। भविष्यमा अन्य पनि ठूल्ठूला दुर्घटनाहरू हुनसक्छन्।
पुलिसले बताएको छ, शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि खड़गपुर महकुमा अस्पतालमा पठाइँदैछ। पुलिसले श्रमिकको घरमा सूचना दिएको छ। एकजनास्थानीय निवासीलेबताए, अत्यन्तचर्कोआवाजसुनियो। हामीआवाज सुनेर भाग्यौं। पछि थाहा भयो कि विस्फोट भएको छ। एकजना व्यक्तिको मृत्यु भएको छ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा