लभ ट्र्यांगलमा भयो हरियाणी मोडल शीतलको हत्या, पुलिसको खुलासा
लभ ट्र्यांगलमा भयो हरियाणी मोडल शीतलको हत्या, पुलिसको खुलासा


-पतिसित पारपाचाकु, दोस्रो प्रेमीसित विवाद, तेस्रोसित निकटताबीच नै अल्झियो जिन्दगी

पानीपत, 17 जून (हि.स.)। हरियाणाको पानीपत निवासी चर्चित हरियाणवी मोडल शीतल उपनाम सिम्मी चौधरीको हत्याको मुख्य कारण प्रेम त्रिकोण हो। पतिसित सम्बन्ध विच्छेद भइसकेको थियो। अर्को व्यक्तिसित प्रेम सम्बन्ध चलिरहेको थियो, तर धेर दिन टिकेन। फेरि तेस्रो युवकको सम्पर्कमा आइन्। यसबीच पहिलो प्रेमीले उसको हत्या गरिदियो। यो सम्पूर्ण घटनाक्रम कुनै फिल्मी कथाभन्दा कम छैन।

सुनिललाई शीतलको हत्याको आरोपमा गए सोमवार राती नै पक्राउ गरिएको छ। पानीपत एसपी भूपेन्द्र सिंहले भने, आरोपी सुनिलमाथि हत्याको मुद्दा दर्ता गरिएको छ। प्रारम्भिक जाँंचबुझमा उसले चक्कुले प्रहार गरी मोडलको हत्या गरेको कुरालाई स्वीकार गऱ्यो। त्यसपछि शवलाई नहरमा फालिदियो अनि आफू यसबाट बच्नको लागि कार सहित नहरमा हाम फाल्ने योजना बनायो। आरोपीसित जाँचबुझ गरिँदैछ।

पुलिस मुताविक आरोपी ब्वोइफ्रेण्ड सुनिललाई शंका लागेको थियो, शीतलले अन्य कसैसित बातचित गर्छन्। उ शीतलसित भेट गरेर बातचित गर्न चाहन्थ्यो। तर शीतलले उसलाई किनाराकृत गरिरहेकी थिइन्। शीतलले अर्कै एकजना युवकसित सम्बन्ध बढ़ाइरहेकी थिइन्। जबकि पहिलो पतिबाट शीतलका दुईजना नानीहरू छन् जो आफ्ना पितासितै बस्दै आइरहेका छन्।

सोनीपत पुलिसले बतायो, शीतल अन्तिम पटक इसराना गाउँ निवासी सुनिलसितै थिइन्। पानीपत डीएसपी सतिश वत्सले भने, मामिलाको जाँचमा सामु आएको छ कि आरोपी सुनिलविरूद्ध शीतलले धेरै पटक सिकायत गरिसकेकी थिइन्। आरोपीसित जाँचबुझ जारी छ र आज उसलाई अदालतमा पेश गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande