फतेहाबाद, 17 जून (हि.स.)। भारत सरकारले स्वतन्त्र विदेश नीतिको पालना गर्नको सट्टा अमेरिका परस्त नीति अपनाइरहेको छ जुन हाम्रो साम्राज्यवादी परम्पराको विरोधमा छ। यो मन्तव्य श्रमिक नेता रामकुमार बहबलपुरियाले फिलिस्तीन जनताको समर्थनमा एकजुटता प्रदर्शन गर्ने राष्ट्रव्यापी आह्वानमा विभिन्न जनसंगठनहरूद्वारा मंगलवार फतेहाबादको डीसी कार्यालयमा आयोजित मानव श्रृंखलाको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा व्यक्त गरेका हुन्। कार्यक्रमको अध्यक्षता देवीलाल एडभोकेटले गरेका थिए। फिलिस्तीनी जनताको समर्थनमा ऐक्यवद्धता प्रदर्शन गर्नका लागि आयोजित मानव श्रृंंखलामा किसान सभा, खेत मजदूर यूनियन, नागरिक अधिकार मञ्च, ज्ञान विज्ञान समिति, जनवादी नौजवान सभा, रिटायर्ड कर्मचारी संघ, सर्व कर्मचारी संघ, जनवादी लेखक संघ, आल इण्डिया लयर्स यूनियन, सीटूका कार्यकर्ताहरूले भाग लिए।
मानव श्रृंखला एवं प्रदर्शनलाई सम्बोधन गर्दै नेताहरूले भने, इजरायली जनसंहारक युद्धले फिलिस्तीनमा मानवताको धजा उड़ाउँदै हजारौं फिलिस्तीनी मानिसहरू, महिला एवं बाल-बालिकाहरूको नृशंस हत्या गरिदिएको छ। हजारौं फिलिस्तीनी बाल-बालिकाहरू भोक र प्यासले छटपटिरहेका छन्। भारत सरकारले यस्तो निरंकुश शासक इजरायललाई सैन्य सहयोग अनि सुरक्षा प्रदान गरिरहेको छ। मानव श्रृंखलामा सामेल प्रदर्शनकारीहरूलाई सम्बोधन गर्दै नेताहरूले भने, हामी गाजामा फिलिस्तीनीहरूविरूद्ध इजरायली सरकारद्वारा संचालित नरसंहारक युद्धको कड़ा निन्दा गर्दछौं। 20 महिनाको अन्तरालमा इजरायलद्वारा लगातार गरिएको बम वर्षा तथा सैन्य आक्रमणको कारणले 55 हजारभन्दा अधिक फिलिस्तीनिहरूले ज्यान गुमाइसकेका छन् जसमा अधिकांश महिला र बाल-बालिकाहरू सामेल छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा