सिलगढ़ी, 17 जून (हि.स.)। सिलगढ़ी थानाको पुलिसले टिकियापाड़ास्थित एउटा घरमा अभियान संचालन गरी लाखौं रुपियाँको ब्राउऩ शुगर सहित एक जना युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने युवकको नाम मोहम्मद कलाम हो। आरोपीको घरबाट 3 सय ग्राम ब्राउन शुगर जफत गरिएको छ।
पुलिस सूत्र अनुसार सिलगढ़ी थानाको पुलिसले गुप्त सूचनाको आधारमा टिकियापाड़ास्थित आरोपीको घरमा गए सोमवार राति छापा माऱ्यो। यस अवधि आरोपीको घरबाट 3 सय ग्राम ब्राउन शुगर जफत गरियो जसको अनुमानित बजार मूल्य लाखौं रुपियाँ रहेको छ। त्यसपछि पुलिसले युवकलाई एनडीपीएस एक्ट अन्तर्गत पक्राउ गरियो। सिलगढ़ी थानाको पुलिस अग्रिम कारबाहीमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा