इटानगर, 17 जून (हि.स.)। अरुणाचल प्रदेश सरकारले लोकम तस्सरलाई राज्य स्तरीय सतर्कता औ निगरानी समिति (एसएलवीएमसी)- को अध्यक्ष नियुक्त गरेको छ। यो नियुक्ति राष्ट्रिय खाद्य सुरक्षा अधिनियम (एनएफएसए)- को धारा 29(1) अनुरूप भएको छ जसले भारत सरकारद्वारा जारी लक्षित सार्वजनिक वितरण प्रणाली (टीपीडीएस)-को लागि संशोधित आदर्श नागरिक चार्टरलाई अनुसरण गर्दछ।
यो समितिले सार्वजनिक सिकायतमा संज्ञान औ सार्वजनिक वितरण प्रणाली (पीडीएस)- को कामकाजमा पारदर्शिता सुनिश्चित गर्दै एनएफएसए अन्तर्गत लाभार्थीहरूका अधिकारहरूको रक्षा गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।
अध्यक्षको रूपमा तस्सरलाई राज्यमा खाद्य सुरक्षा योजनाहरूको वितरण एवं निगरानीलाई बढ़ाउने उदेश्यले केही जिम्मेवारीहरू सुम्पिइएको छ। एसएलवीएमसीलाई सुम्पिइएको कार्यहरूमा मुख्य रूपमा राज्यभरिका विभिन्न उचित मूल्यका पसलहरूको दौड़ाह गर्नु, पीडीएस र एनएफएसएसित सम्बन्धित धरातलीय स्तरका मुद्दाहरूलाई बुझ्नका लागि लाभार्थीहरूसित सोझै जोड़िनु, एनएफएसए अन्तर्गत सबै योजनाहरूको नियमित निगरानी तथा ट्र्याकिंग सुनिश्चित गर्नु सहित अन्य कार्यहरू सामेल छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा