कोलकाता, 17 जून (हि.स.)। पश्चिम बंगाल भाजपा अध्यक्ष औ बालुरघाटबाट सांसद सुकान्त मजुमदारले अन्ततः त्यस विवादस्पद घटनालाई लिएर सार्वजनिक रूपमा माफी मागेका छन् जसमा उनीमाथि एकजना सिख पुलिसकर्मीको पगड़ीमा हवाई चप्पलको आकारको कटआउट फालेको आरोप लागेको थियो। यो घटना गत 12 जूनमा कोलकाताको कालीघाट क्षेत्रमा मुख्यमन्त्री ममता ब्यनर्जीको आवास बाहिर भएको विरोध प्रदर्शन अवधि भएको थियो।
घटनाको भीडियो सोशल मीडियामा भाइरल भएपछि सिख समुदायमा गहिरो आक्रोश फैलिएको थियो। केही जिल्लाहरूका गुरूद्वाराहरूको पक्षबाट सुकान्तविरूद्ध एफआईआर समेत दर्ता गरियो साथै उनलाई तुरून्त माफी माग्ने माग गरियो। पहिला सुकान्तले यसलाई राजनीतिक षड़यन्त्र बताएका थिए, तर बढ़्दो विरोधबीच मंगलवार उनले ‘एक्स’ (पूर्व ट्विटर)-मा बयान जारी गरी माफी मागे।
आफ्नो पोस्टमा सुकान्तले लेखे, “उत्तेजनाको क्षणमा, पुलिसद्वारा फालिएको एउटा प्लेकार्ड दुर्घटनावश मेरो सुरक्षा दायित्वमा तैनाथ एकजना सिख आईएसआई अधिकारीको पवित्र पगड़ीमाति झऱ्यो। यदि यस अञ्जान दुर्घटनाको कारणले कुनै पनि सिख दाज्यु-भाई तथा दिदी-बहिनीहरूको धार्मिक भावनामा ठेस पुगेको छ भने म विनम्रतापूर्वक उनीहरूसित क्षमा चाहन्छु।” उनले यो पनि स्पष्ट पारे, उनी तथा उनको पार्टीले धार्मिक आस्था, पवित्र पगड़ीको गरिमा तथा सिख समुदायको गौरवशाली परम्परालाई अत्यधिक सम्मान गर्दछन्।
घटनापछि राज्यभरिका विभिन्न गुरूद्वारा अनि सिख संगठनहरूद्वारा तीव्र प्रतिक्रिया व्यक्त गरिएको थियो। आरोप लगाइयो, सिख समुदायको लागि पगड़ी वा 'दस्तार' धार्मिक प्रतीक मात्र नभएर त्यो उनीहरूको आत्मा, अनुशासन एवं स्वतन्त्रताको प्रतीक हो। त्यसैले यस घटनालाई समुदाको गरिमाविरूद्ध मानियो।
यसपूर्व सुकान्तले आफ्नो बचाउमा दाबी गरेका थिए, उनलाई एकजना पुलिस अधिकारीले धक्का दिएका कारणले कटआउट झरेको हो। उनले यो पनि भनेका थिए, सम्बन्धित सिख अधिकारीले कुनै आपत्ति व्यक्त गरेका थिएनन्, तर यस्तो तर्कबाट सिख समुदाय सन्तुष्ट भएन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा