बलरामपुर, 17 जून (हि.स.)। बलरामपुर जिल्लामा शिक्षा विभागको लापरवाहीले सबैलाई आश्चर्यचकित पारेको छ। जिल्लाको वाड्रफनगरस्थित प्राथमिक विद्यालयका शिक्षकहरूलाई राशन वितरण कार्यमा नियुक्त गरिएको छ जसबाट पठन-पाठनमा प्रतिकूल प्रभाव पर्ने आशंका व्यक्त गरिँदैछ। ग्रीष्णकालीन अवकाशको समाप्तिपछि मंगलवारदेखि पुनः स्कूल खोलिएको छ। तथापि विद्यार्थी नानीहरूको पढ़ाईलाई छोड़ेर शिक्षकहरू सरकारी योजनाको वितरणमा व्यस्त छन्। यसरी नानीहरूको भविष्यमाथि खेलवाड़ भइरहेको छ।
भनिन्छ, अनुविभागीय अधिकारी (एसडीएम) वाड्रफनगरद्वारा जारी आदेश अन्तर्गत शिक्षकहरूलाई राशन वितरण केन्द्रहरूमा तैनाथ गरिएको छ जसको विरोधमा अब शिक्षक संघले पनि मोर्चा खोलेको छ। शिक्षक नेताहरूको भनाइ छ, प्रशासनको यो कदमले पूर्ण रूपमा अनुचित तथा शिक्षण कार्यप्रति घोर लापरवाहीलाई दर्शाउँछ।
शिक्षक संघका पदाधिकारीहरूले बताए, बितेको साँझ यसलाई लिएर प्रशासनिक अधिकारीहरूसित भेट गरी विरोध दर्ता गरिएको छ। उनको भनाइ छ, यदि आदेशलाई फिर्ता लिइएन भने उग्र आन्दोलन गरिनेछ।
अर्कोतिर यस मामिलामा एसडीएम नीर निधि नांदेहासित बातचित गर्दा उनले बताए, यो आदेश पहिला जारी गरिएको थियो, तर अब यसलाई संशोधन गरिएको छ। शिक्षकहरूलाई राशन वितरण कार्यबाट मुक्त गरिएको छ। को लेकर एसडीएम नीर निधि नांदेहा से बात की गई, तो उन्होंने बताया कि, यह आदेश पहले जारी किया गया था लेकिन अब उसे संशोधित कर लिया गया है। शिक्षकों को राशन वितरण कार्य से मुक्त कर दिया गया है।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा