सिलगढ़ी, 17 जून (हि. स.)। घरको बालकनीबाट झरेर एक जना महिलाको मृत्यु भएको छ। मृत महिलाको नाम नमिता सरकार (53) हो। घटना सिलगढ़ीको सुभाषपल्ली नेताजी मोड़ क्षेत्रमा मंगलवार घटेको हो।
सूत्र अनुसार नमिता देवीले सदा जस्तै मंगलवार बिहान बालकनीमा रहेका बोट-बिरूवाहरूमा पानी लगाइरहेकी थिइन्। अचानक खुट्टा चिप्लिएर उनी तल झरिन्। परिवारका सदस्यहरूले हतार-हतार उनलाई घाइते अवस्थामा सिलगढ़ी जिल्ला अस्पतालमा पुऱ्याए जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरिदिए। अचानक भएको महिलाको मृत्युले सबैलाई स्तब्ध बनाएको छ। घटनापछि क्षेत्रमा शोक व्याप्त भएको छ। सिलगढ़ी थानाको पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि पठाएर मामिलाको जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा