अहमदाबाद, 17 जून (हि.स.)। अहमदाबाद विमान दुर्घटनामा अहिलेसम्म 135 मृतकहरूको डीएनए नमूनाको मिलान भइसकेको छ। यसमध्ये कूल 101 शव परिजनहरूलाई सुम्पियो।
यो जानकारी मंगलवार सिविल अस्पतालका अधीक्षक डा. राकेश जोशीले पत्रकारहरूलाई दिए। डा. जोशीले बताए, 12 परिवारले छिट्टै नै आफ्ना स्वजनहरूको पार्थिव शरीर स्वीकार गर्नेछन् र 5 परिवारसित अस्पताल प्रशासन लगातार सम्पर्कमा छ। जबकि 17 परिवारले अहिलेपनि स्वजनको डीएनए मिलानको प्रतीक्षा गरिरहेका छन्।
डा. जोशीले जिल्लावार सुम्पिएका शवहरूको विवरण प्रस्तुत गर्दै भने, वडोदराका 13, अहमदाबादका 30, आणंदका 9, भरूचका 4, गान्धीनगरका 5, मेहसाणाका 5, खेड़ाका 10, सूरतका 3, अरावलीका 2, दीवका 4, र बोटाद, जूनागढ़, अमरेली, महीसागर, भावनगर, गिर सोमनाथ, नडियाद र राजकोटका 1-1 मृतकको पार्थिव शरीर परिजनहरूलाई सुम्पियो। यस बाहेक अन्य राज्यहरूमा उदयपुरका 2, जोधपुरका 1, पटनाका 1 र महाराष्ट्रका 4 शव परिजनलाई सुम्पिएको छ।
उनले भने, डीएनए नमूना मिलानको प्रक्रिया अत्यन्त संवेदनशील र कानूनी पहलुहरूसित जोड़िएको कारण यसलाई सतर्कता र गम्भीरताको साथ पूरा गरिँदैछ। परिजनहरूलाई छिट्टै नै उनीहरूको स्वजहरूको पार्थिव शरीर सुम्पिनका लागि फोरेन्सिक साइन्स यूनिवर्सिटी, त्यससित जोड़िएका अन्य संस्थाहरू, स्थानीय प्रशासन, राज्य सरकारका स्वास्थ्य र अन्य विभाग तथा विभिन्न एजेन्सीहरूले लगातार सक्रिय रूपमा कार्य गरिरहेका छन्।
उनले भने, जसो-जसो रिपोर्टहरू आउँदै जानेछ, मिलानको गति बढ्नेछ र पूरा प्रक्रिया तीव्र हुनेछ तथा कम समयमा पूरा गर्नसकिनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी