यस वर्ष सिख श्रद्धालुहरूको टोली पाकिस्तान नजाने
यस वर्ष सिख श्रद्धालुहरूको टोली पाकिस्तान नजाने


चण्डीगढ़, 17 जून (हि.स.)। शिरोमणि गुरूद्वारा प्रबन्धक कमिटी (एसजीपीसी) ले यस पाली सिख श्रद्धालुहरूको टीम पाकिस्तानमा गुरूधामहरूको यात्रामा नजाने फसेला गरेको छ। यो जानकारी मंगलवार एसजीपीसीका सचिव प्रताप सिंहले दिए।

वस्तुतः शेरे पञ्जाब महाराजा रणजीत सिंहरो बरसीको अवसरमा जून महिनाको अन्तिम हप्तामा पाकिस्तानमा हरेक साल कार्यक्रम हुन्छ। हरेक साल सरह यस सालपनि पाकिस्तानको तर्फबाट कार्यक्रमहरूको विवरण एसजीपीसीलाई पठाइएको थियो। जस अन्तर्गत 29 जूनमा भारतीय सिख श्रद्धालुहरूको टोलीलाई पाकिस्तान प्रस्थान हुनुथियो।

एसजीपीसीका सचिव प्रताप सिंहले भने, सिख श्रद्धालुहरूको तर्फबाट पाकिस्तान जानका लागि आफ्नो पासपोर्ट तथा अन्य दस्तावेज एसजीपीसी कहाँ जमा गराइएको थियो। दुवै देशबीच तनाउ तथा अहिलेसम्म लगाइएको प्रतिबन्धहरूको मध्यनजर एसजीपीसीले यस पाली सिख श्रद्धालुहरूलाई पाकिस्तान नपठाउने फसेला गरेको छ। सिख श्रद्धालुहरूलाई उनीहरूको पासपोर्ट र अन्य दस्तातवेज फर्काइनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande