लखनऊ, 17 जून (हि.स.)। केन्द्र सरकारले जातिय जनगणना गराउने मितिहरूको घोषण गरेको छ। यसलाई लिएर राजनेताहरूले आ-आफ्नो प्रतिक्रिया दिइऱहेका छन्। यहीबीच बहुजन समाज पार्टी (बसपा) की राष्ट्रिय अध्यक्ष मायावतीले भनिन्, जनकल्याणसित सीधा जोड़िएको जातिय जनगणनाको कार्य देशहितमा अब समयमै ईमानदारीपूर्वक पूरा हुनुपर्छ। केन्द्र सरकारले यसमाथि ध्यान दिओस्।
बसपा प्रमुख मायावतीले मंगलवार एक्समा एउटा पोस्ट गरेकी छन्, भाजपाले केन्द्रमा आफ्नो 11 वर्षको कार्यकालबारे जुन अपार उपलब्धीहरू बतायो, जुन जमीनी वास्तविकतामा मानिसहरूको गरीबी, बेरोजगारी, दुःख-दर्द आदि मेटाएको अर्थात् जन र देशहितमा कति लाभदायक रहेको छ, यो सही समय आएपछि जनता आफैले यसको जवाफ दिनेछ। देशमा राष्ट्रिय र जातिय जनगणनाको पनि कार्य कांग्रेसको समयदेखि थातीमा थियो। यसमा धेरै पल्ट आवाज उठाएपछि अब यस मामिलामा प्रक्रिया शुरू भएको छ। जनगणनाको कार्य समयमा र ईमानदारीले पूरा हुनुपर्छ।
पूर्व मुख्यमन्त्रीले भनिन्, यी मामिलाहरूमा पार्टीका कार्यकर्ताहरूलाई सही तथ्यहरूसित अवगत गराउने र उनीहरूलाई सजग गर्नका साथै पार्टीको संगठनसित सम्बन्धित दिइएका कार्यहरूको समीक्षा गरिँदैछ। उत्तर प्रदेश सहित अन्य राज्यहरूको पनि स-सानो बैठकहरूको माध्यमले विचार-विमर्श लगातार जारी छ। साथै पार्टी हितमा यसमाथि पूरा ध्यान दिनु जरूरी छ। बिहारमा हुने विधानसभा आमचुनाउसित सम्बन्धित रणनीतिमाथि पनि तयारी जारी छ, ताकि राम्रो परिणाम पाउन सकियोस्।
हिन्दुस्थान समाचार / भवानी थामी