नयाँ दिल्ली, 17 जून (हि.स.)। कोच्चीदेखि दिल्ली आइरहेको इण्डिगो एयरलाइन्सको विमान 6ई-2706 लाई मंगलवार बिहान उड़ानको समय बमले उड़ाउने धम्कीपूर्ण सन्देश आयो। यसपछि नागपुरका डा. बाबासाहेब अम्बेडकर अन्तरराष्ट्रिय हवाई अड्डामा एमरजेन्सी ल्याण्डिङ गराइयो। यस विमानका सबै यात्री सुरक्षित छन्।
आधिकारिक सूत्रहरू अनुसार, इण्डिगो य़एरलाइनको फ्लाइट संख्या 6E 2706 बिहान 9.20 बजी केरलको कोचीन स्थित इन्टरनेशनल एय़रपोर्टबाट दिल्लीको निम्ति उड़ेको थियो। बीचैमा उसले बमकी धम्की पायो, जसपछि उसलाई नागपुर एयरपोर्टमा डाइवर्ट गरियो। यसपछि विमानलाई डा. बाबासाहेब अम्बेडकर अन्तरराष्ट्रिय हवाई अड्डामा ल्याण्ड गरियो। एमरजेन्सी ल्याण्डिङपछि सबै यात्रीहरूलाई सुरक्षित बाहिर निकालियो। विमानलाई निरीक्षणको निम्ति एक छुट्टै ठाउँमा लगियो।
सुरक्षा प्रोटोकल अनुसार बम डिटेक्शन र डिस्पोजल स्क्वाड (बीडीडीएस) तुरन्तै एयरपोर्ट पुग्यो। यसपछि विमानको गहन तलाशी लिइयो। एयरपोर्ट अधिकारीहरूले पुष्टि गरेका छन्, अहिलेसम्म विमानमा कुनै संदिग्ध वस्तु फेला परेको छैन। पुलिस, बम निरोधक दस्ता र अग्निशमन दल विमानको जाँचको निम्ति एयरपोर्टमा छ। एयरलाइन र एय़रपोर्ट अधिकारीहरूले भनेका छन्, अहिले अघिको जाँच जारी छ। सुरक्षा एजेन्सीहरूबाट थप अपडेटको प्रतिक्षा छ।
हिन्दुस्थान समाचार / भवानी थामी