इम्फाल, 17 जून (हि.स.)। मणिपुर पुलिसले गत 24 घण्टा अवधिमा विभिन्न क्षेत्रमा चलाएको खोजी अभियानमा भारी मात्रामा हतियार, गोला-बारूद र सञ्चार उपकरणहरू बरादम गरेका छन्। साथै, एक उग्रवादीलाई पनि पक्राउ गरेको छ।
पुलिस प्रवक्ताले मंगलवार बताए, थौबल जिल्लाको नोङपोक सेक्माई थाना क्षेत्रको लेइरोङथेल पीट्रा क्षेत्रमा चलाइएको खोजी अभियानमा पुलिसले एउटा .303 राइफल र म्यागजिन, एउटा डीबीबीएल गन, एउटा 9मिमी पेस्तोल र म्यागजिन, दुईवटा 9मिमीको जिउॅंदो कारतूस, दुईवटा 12 बोरको कारतूस, चार एचई ह्यान्ड ग्रेनेड (नं. 36), चारवटा डेटोनेटर, चारवटा आर्मिङ रिङ्ग, दुईवटा एमके-III ए2 ग्रेनेड, दुईवटा स्टन शेल (एन), तीनवटा टीयर स्मोक शेल (सॉफ्ट नोज), एउटा टीयर स्मोक शेल (चिल्ली) तथा दुईवटा बाओफेङ रेडियो सेट चार्जर बरामद गरिएका छन्।
यसरी नै इम्फाल वेस्ट जिल्लाको पत्सोई थाना क्षेत्रको सङईथेल माखा लेइकाईबाट एउटा 7.62 मिमी एसएलआर राइफल र दुईवटा म्यागजिन बरामद गरिएका छन्। सङईथेल र हेइबिलोक क्षेत्रबाट पुलिसले एउटा एक्सकेलिबर राईफल (2 जिउॅंदो 5.56 मिमी राउण्ड सहित), तीन बोल्ट-एक्शन राइफल (बिना म्यागजिन), एउटा देशी 9मिमी पेस्तोल र म्यागजिन, चारवटा 12 बोरको जिउॅंदो कारतूस र दुईवटा बाओफेङ वकी-टकी बरामद गरिएका छन्।
यस अतिरिक्त, चुराचान्दपुर जिल्लाको तुइबोङ क्षेत्रबाट सीकेएनडीएफ/ए (गैर-एसओओ समूह) का एक क्याडर नगामखोसात तौथाङ उर्फ सासात (38) लाई उनको निवासबाट पक्राउ गरिएको छ। उनीविरुद्ध म्यान्मारबाट हथियार व ड्रग्स तस्करी, जबरजस्ती पैसा मागेको र अपहरण जस्ता मामिला दर्ता छन्।
उल्लेखनीय छ, 16 मईमा सासात लुक्ने ठाउॅंबाट एउटा देशी पेस्तोल, तीनवटा 9 मिमीको कारतूस र सीकेएनडीएफ/ए को पॉंच लेटरहेड जफत गरिएको थियो।
हिन्दुस्थान समाचार / भवानी थामी