प्रीतम राईले 100 किलोमिटर मावला घाटी ट्रेल रनमा प्रथम स्थान हासिल गरे
प्रीतम राई


गान्तोक, 17 जून (हि.स.)। सिक्किमका अल्ट्रा रनर प्रीतम राईले महाराष्ट्रको पुणेमा आयोजित प्रतिष्ठित 100 किलोमिटर मावला घाटी ट्रेल रनमा प्रथम स्थान हासिल गर्दै सिक्किमको नाम रोशन गरेका छन्।

यो प्रतियोगिता आईटीआरए नेशनल लिग अफ् इण्डियामा सामेल रहेको र यसलाई यूटीएमबी इन्डेक्स रेसद्वारा पनि मान्यता प्राप्त रहेको बताइएको छ। यसैगरी, यो दौड पूरा गर्ने धावकहरूले युटीएमबी र आईटीआरए अङ्क हासिल गर्नेछन्, जसले धावकहरूलाई भविष्यमा यूटीएमबी अन्तरराष्ट्रिय दौडहरूमा भाग लिन अवसर प्रदान गर्नेछ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande