गान्तोक, 17 जून (हि.स.)। राष्ट्रिय आयुष मिशन, राज्य स्वास्थ्य एवं परिवार कल्याण विभागले आज राजधानीस्थित राजभवनमा 'योग समावेश' कार्यक्रमको आयोजन गऱ्यो। यो योग समावेश विशेष रूपमा दिव्याङ्गजनलाई समर्पित थियो। उक्त कार्यक्रम आगामी 11औं अन्तरराष्ट्रिय योग दिवसको उपलक्ष्यमा आयोजन गरिएको थियो।
यस अवसरमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुर मुख्य अतिथि र स्वास्थ्य विभाग मन्त्री जीटी ढुङ्गेल विशिष्ट अतिथि थिए। कार्यक्रममा दुईवटा विशेष विद्यालयका दिव्याङ्ग बालबालिकाहरूले उत्साहपूर्वक भाग लिए। उनीहरूले योग सत्रमा पूर्ण समर्पण र उमङका साथ सहभागिता जनाएको देखियो।
योग सत्रको सञ्चालन योग प्रशिक्षक डा. सुमिरन तामाङले गरेको थियो। कार्यक्रममा स्वास्थ्य विभागका आयुक्त प्रभाकर वर्मासहित वरिष्ठ अधिकारीहरू र राजभवनका कर्मचारीहरू पनि सहभागी बनेका थिए।
हिन्दुस्थान समाचार / बिशाल