शिलाङ, 17 जून (हि.स.)। मेघालयमा भएको बहुचर्चित राजा रघुवंशी हत्याकाण्ड मामिलामा लगातार नयाँ खुलासा भइरहेको छ। यसबाट यो मामिला अझ् अल्झिँदै गइरहेको छ। यसबीच सोनमको कथित प्रेमी राज कुशवाहाले पुलिस सोधपुछमा दाबी गर्दै उसको सोनमसित कुनै प्रेम सम्बन्ध नरहेको भनेको छ।
पुलिस सूत्रहरू अनुसार, सोनमको कथित प्रेमी राज कुशवाहाले पुलिस सोधपुछमा बारम्बार दाबी गरेको छ कि सोनमसित उसको कुनै प्रेम सम्बन्ध थिएन, उसले सोनमलाई दिदी सरह मान्थ्यो। यद्यपि, पुलिसलाई शंका छ कि यो पूरा (भाई-बहिनी) को नाटक केवल सत्यलाई ढाक्ने र जाँचलाई भ्रमित पार्ने एउटा चाल हो। राज सोनमदेखि लगभग पाँच वर्ष कान्छा हो। पुलिसलाई सन्देह छ, यो पूरा मामिला त्रिकोणीय प्रेम प्रसंगसित जोड़ेको हुनसक्छ। साथै पुलिसले यो पनि संकेत पाएको छ कि सोनम र राज हवाला काण्डमा पनि सामेल हुनसक्छन्।
पुलिसले यस संवेदनशील मामिलाको जाँच अत्यन्तै सतर्कताको साथ गरिरहेको छ। आरोपीहरूसित सोधपुछ जारी छ र हरेक दिन नयाँ तथ्य अघि आईरहेको छ। राजले एकातिर सोनमसित प्रेम सम्बन्ध नरहेको दाबी गरिरहेको छ भने अर्कोतिर, दुवैले मिलेर राजाको हत्या गरेको स्वीकार गरेको छ, जसबाट यो मामिला अझ् अल्झिँदै गइरहेको छ।
अर्कोरित, राजा रघुवंशी हत्या मामिलामा आज मेघालय पुलिसले सीन रिक्रिएट गर्नसक्छ। मामिलामा पुलिसले सोनम रघुवंशी, राज कुशवाहा र अन्य तीन आरोपीहरूलाई घटना भएको ठाउँमा लगेर सीन रिक्रिएट गर्नसक्छ। पुलिसले सोमवार सोनमको मेडिकल जाँच गराएको थियो।
हिन्दुस्थान समाचार / भवानी थामी