श्रीभूमि (असम), 17 जून (हि.स.)। श्रीभूमि जिल्ला पुलिसले सार्वजनिक सड़कमा बाइक स्टन्ट गरेको आरोपमा एकजना युवकमाथि 31 हजार रुपियाँको जरीमाना लगाएको छ।
पुलिसले मंगलवार बतायो, सार्वजनिक सड़कमा बाइक स्टन्ट गरेको आरोपमा अजिम उद्दीन नामक युवकबाट 31 हजार रुपियाँ जरीमाना असुल गरिएको छ। अजिमले फेसबुकमा अजिम राइडर नाममा एउटा पेज खोलेर सार्वजनिक सड़कमा बाइक स्टन्ट गरेको भीडियो अपलोड गरेका थिए। श्रीभूमि जिल्लाको राताबाड़ी पथारकंडीको पहाड़ी सड़कमा बाइकको एउटा चक्का उठाएर स्टन्ट गरेको भीडियो सोशल मीडियामा अपलोड गरिएको थियो जुन सोशल मीडियामा द्रूत गतिमा भाइरल भइरहेको थियो।
घटनाको बारेेमा जानकारी पाउनसाथ राताबाड़ी पुलिसले अजिमुद्दीनलाई हिरासतमा लियो अनि सार्वजनिक सड़कमा बाइक स्टन्ट गरेको आरोपमा युवकमाथि 31 हजार रुपियाँ जरीमाना लगायो। बाइक स्टन्ट गर्ने युवक राताबड़ी थाना अन्तर्गत हुलासनगर निवासी रहेको बताइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा