नयाँ दिल्ली, 2 जून (हि.स.)। शाहदरा जिल्लाको सीमापुरी क्षेत्रमा विदेशी सेल अनि स्पेशल स्टाफको संयुक्त टीमले 16 जना बंगलादेशी नागरिकहरूलाई पक्राउ गरेको छ। यो कारबाही गत 30 मईको दिन गुप्त सूचनाको आधारमा गरिएको हो। पक्रा पर्नेहरूमा 4 जना पुरुष, 5 जना महिला एवं 7 जना बाल-बालिकाहरू (पाँच वर्षभन्दा माथि) सामेल छन्।
डीसीपी प्रशान्त गौतमले बताए, जिल्लाको विदेशी सेललाई केही संदिग्ध अवैध बंगलादेशी नागरिकहरू उत्तर प्रदेश-दिल्ली सीमा नजिक शहीद नगर हुँदै सीमापुरीमा प्रवेश गरिरहेको सूचना प्राप्त भएको थियो। त्यसपछि एक संयुक्त टीम गठन गरियो जसमा विदेशी सेल र स्पेशल स्टाफका अधिकारीहरू सामेल थिए। पुलिसले निगरानी अनि सूत्रबाट प्राप्त पहिचानको आधारमा सीमापुरीमा प्रवेश गरिरहेको समूहलाई रोक्यो अनि घटनास्थलबाटै 16 जना मानिसहरूलाई हिरासतमा लियो।
जाँचबुझमा सबै बंगलादेसी नागरिक रहेको पुष्टि भएको छ जो अवैध दस्तावेज बिनै भारतमा छिरेका थिए। सबैलाई दस्तावेजी प्रक्रियाको लागि थाना ल्याएर विदेशी अधिनियम अन्तर्गत कानूनी कारबाही गरियो। पुलिसले सबैलाई विदेशी क्षेत्रीय पञ्जीकरण कार्यालय (एफआरआरओ)-मा सुम्पिदिएको छ।
-------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा