कोलकाता, 02 जून (हि. स.)। पश्चिम बंगालमा पछिल्लो 24 घण्टाको अवधिमा कोभिड-19 को 44 वटा नयाँ मामिला सामु आएको छ। राज्य सरकारका अधिकारीहरूले सोमवार सो जानकारी गराए। अब राज्यमा सक्रिय मामिलाहरूको संख्या 31 पुगेको छ। स्वास्थ्य मन्त्रालयको ताजा आँकड़ा अनुसार यस अवधि नौजना संक्रमित रोगीहरू स्वस्थ पनि भएका छन्।
राज्य स्वास्थ्य विभागका एकजना अधिकारीले बताए, बितेको सात दिनभित्रमा 319 जना मानिसहरू कोरोना भाइरसबाट संक्रमित भएका छन् जसबाट सक्रिय मामिलाहरूको संख्या निरन्तर बढ़िरहेको स्पष्ट हुन्छ।
थापि अहिलेसम्म सामु आएका अधिकांश मामिलाहरूमा संक्रमणको गम्भीरता पाइएको छैन। तर स्वास्थ्य विभाग सतर्क छ र स्थितिमाथि नजर राखिरहेको छ। विभागले नागरिकहरूसित सतर्क रहने तथा कुनै पनि लक्षण देखिए तुरून्त जाँच गराउने अपील गरेको छ।
देशका अन्य भागहरूमा पनि कोभिडको मामिलामा सामान्य वृद्धि देखिँदैैछ। विशेषज्ञहरूको भनाइ छ, भाइरस अब अपेक्षाकृत कमजोर भइसकेको छ। तथापि मास्क लगाउनु, हातको स्वच्छता अनि भीड़देखि बचाउ जस्ता होशियारी आवश्यक छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा