डिब्रुगढ़, 2 जून (हि.स.)। असम जातीय परिषद (एजेपी)-काअध्यक्ष लुरिनज्योति गोगोईलेरंगानदी परियोजनाकोकारणलेउत्पन्न भयावह बाढ़ीकोस्थितिलाई लिएर चर्को प्रतिक्रिया व्यक्त गरेका छन्। उनले भने, यस परियोजनाले गर्दा अचानक आएको बाढ़ीले आम मानिसहरूलाई विभिन्न कठिनाईहरूको सामना गर्न परिरहेको छ। केही क्षेत्रहरूमा मानिसहरू आफ्नो घरदेखि बाहिर निक्लिन समेत सकेका छैनन्। व्यापक क्षति भएको छ
गोगोईले भने, यो केवल 405 मेगावटको जलविद्युत परियोजनाको जल निकासीको परिणाम हो। यसबाट यति धेरै नोक्सान भयो भने योभन्दा पाँच गुणा 7मता भएको सुवनसिरी जल विद्युत परियोजनाबाट पानी छोड़ियो भने त्यसको प्रभाव अझ भयाक हुनेछ। उनले नदीमा बाँध बनाइएकोमा तीव्र विरोध गर्दै भने, यो जनजीवनको लागि विनाशकारी सिद्ध हुनसक्छ।
उनले आरोप लगाए, पहिला बाँध निर्माणको विरोधमा आन्दोलन गर्नेहरूले आज राज्य अनि केन्द्र सरकारका प्रतिनिधि भएर यस्ता जनविरोधी परियोजनाहरूलाई समर्थन गरिरहेका छन्। गोगोईले भने, आमम जनताको जीवन अनि सम्पत्तिको विनाशको यो दृश्य राज्यलाई स्वीकार्य हुनु हुँदैन।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा