डिब्रुगढ़/धेमाजी (असम), 2 जून (हि.स.)। असममा एसडीआरएफका टीमहरूले मानिसहरूलाई मात्र नभएर पशुहरूलाई पनि सहयोग गरिरहेका छन्। राज्यभरि नै आवश्यकतामा रहेकाहरूलाई राहत पुऱ्याउनको साथ यी टीमहरूले पशु-सेवाको उदाहरण पनि पेश गरिरहेका छ्न्।
डिब्रुगढ़को सदाशिव पथ क्षेत्रमा मानिसहरूको सूचनामा पुगेको टीमले एउटा कुकुरलाई सफलतापूर्वक बचायो। धेमाजी जिल्लाको सिलापथारको सोनारघाटी क्षेत्रमा पनि एउटा घोड़ालाई सुरक्षित बचाइयो।
प्रशासनले यस तत्काल अनि संवेदनशील प्रयासको सराहना गरेको छ। साथै आम जनतासित आग्रह गरेको छ कि उनीहरूले कुनै पनि आपत स्थितिको बारेमा तत्काल जानकारी साझा गरून् ताकि समयमै सहायता पुऱ्याउन सकियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा