इम्फाल, 2 जून (हि.स.)। राज्यपालले मणिपुरका बाढ़ी प्रभावित जिल्लाहरूमा स्कूलहरूको छुट्टीलाई आगामी आदेश नआउञ्जेलसम्म बढ़ाइदिएको छ।
राज्यका विभिन्न भागहरूमा भइरहेको अविरल वर्षा अनि बाढ़ीलाई मध्यनजर गर्दै राज्यपाल अजय कुमार भल्लाले सेनापति, इम्फाल पूर्व, इम्फाल पश्चिम जिल्ला तथा सेनापति उपखण्डहरूमा सबै सरकारी, सरकारी सहायता प्राप्त तथा निजी स्कूलहरूको गर्मीको छुट्टीलाई बढ़ाउने आदेश दिएका छन्। राज्यपालले भने, यो आदेश आगामी आदेश नआउञ्जेलसम्म जारी रहनेछ।
राज्यपालले प्रत्येक जिल्लाका जिल्लाधिकारीहरूलाई स्थानीय स्थितिको दैनिक आधारमा मूल्यांकन गरेपछि आ-आफ्नो क्षेत्रमा रहेका स्कूलहरूलाई बन्द गर्ने वा खोल्ने बारेमा निर्णय लिने अधिकारी सुम्पिएका छन्। समन्वित प्रतिक्रिया सुनिश्चित गर्नको लागि यी निर्णयहरू बारे तुरून्त सरकारलाई अवगत गराइनेछ।
यस अतिरिक्त क्षेत्रीय शिक्षा अधिकारीहरूलाई आ-आफ्ना जिल्लाका जिल्लाधिकारीहरूको परामर्शमा सरकारलाई दैनिक रिपोर्ट प्रस्तुत गर्नुपर्छ ताकि उनीहरूले स्थितिको निगरानी गर्न सकुन् अनि स्कूलहरूको कामकाजमाथि अपडेट प्रदान गर्न सकुन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा