सुकान्त मजुमदारले मानिसहरूलाई शर्मिष्ठाको समर्थनमा आवाज उठाउने अपील गरे
सुकान्त मजुमदारले मानिसहरूलाई शर्मिष्ठाको समर्थनमा आवाज उठाउने अपील गरे


कोलकाता, 2 जून (हि.स.)। सोशल मीडिया इन्फ्लुएन्सर शर्मिष्ठा पनोलीको पक्राउलाई लिएर बंगालमा राजनीतिक बबाल मच्चिएको छ। यसबीच केन्द्रिय शिक्षा राज्य मन्त्री एवं प्रदेश भाजपा अध्यक्ष सुकान्त मजुमदारले मानिसहरूलाई शर्मिष्ठाको समर्थनमा सोशल मीडियामा आवाज उठाउने अपील गरेका छन्।

मजुमदारलेसोमवारएक्समा एउटा पोस्ट गरी दाबी गरेका छन्, आगामी 13 जूनको दिन यस मामिलामा कलकत्ता हाई कोर्डमा सुनवाई हुनेछ। तर उनले याचिका कसले दर्ता गरेका हुन् त्यसबारे भने स्पष्ट पारेनन्। उनले मानिसहरूलाई अपील गर्दै लेखे, सोशल मीडियामा एकजुट भएर आवाज उठाऔं। उनले लेखे, सनातनी शर्मिष्ठाको मुक्ति चाहिन्छ। यसको साथै#आईस्ट्याण्डविदशर्मिष्ठाकोउपयोग पनि गरे।

पुणेकी22 वर्षीय लस्टूडेण्ट शर्मिष्ठा पनोलीलाई कोलकाता पुलिसले गुरुग्रामबाट पक्राउ गरेको थियो। उनीमाथि आरोप छ, उनले अपरेशन सिन्दूरसित सम्बन्धित एक भीडियोमा कथित रूपमा अपमानजनक टिप्पणी गरिन्।

योभीडियोभाइरल भएपछि एाईएमआईएम प्रवक्ता वारिस पठानले केन्द्रिय गृहमन्त्रीलाई ट्याग गरी शर्मिष्ठालाई पक्राउ गर्ने माग गरेका थिए। त्यसपछि सोशल मीडियामा पक्राउको माग तीव्र भयो। तथापि शर्मिष्ठाले गत 15 मईमा सार्वजनिक रूपमा माफी माग्दै भनेकी थिइन्, उनको उद्देश्य कुनै धार्मिक भावनालाई ठेस पुऱ्याउनु थिएन।

कोलकाता पुलिसलेगत 30 मईमाशर्मिष्ठालाई पक्राउ गरेपछि स्पष्ट पारेको थियो, यो पक्राउ कानूनसम्मत पूर्ण प्रक्रियालाई पालन गर्दै गरिएको हो। कैयौं पटक नोटिस जारी गर्दा पनि शर्मिष्ठा र उनको परिवार सामु आएनन्, त्यसैले अदालतबाट पक्राउ वारण्ट जारी गराइयो। अब उनलाई 13 जूनसम्म न्यायिक हिरासतमा पठाइएको छ। उनीविरूद्ध भारतीय न्याय संहिता (बीएनएस)-कोधारा 196(1)(A), 299, 352 और 353(1)(C)अन्तर्गत मामिला दर्ता गरिएको छ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande