नयाँ दिल्ली, 2 जून (हि.स.)। दिल्लीको मण्डावली क्षेत्रबाट अवैध रूपमा बस्दै आइरहेका दुईजना बंगलादेशी नागरिकहरूविरूद्ध विदेशी अधिनियम कानून अन्तर्गत कानूनी कारबाही शुरू गरिएको छ। यी दुवैैबाट बंगलादेशको पहिचान पत्र जफ्त गरिएको छ।
वास्तवमा दिल्ली पुलिसको क्राइम ब्राञ्चले दुवै बंगलादेशीलाई गत 29 मईमा पक्राउ गरेको थियो। क्राइम ब्राञ्चका डीसीपी आदित्य गौतमले बताए, क्राइम ब्राञ्चको टीमलाई दिल्लीमा अवैध रूपमा बस्दै आइरहेका विदेशी नागरिहरूको खोजी अनि कारबाहीको जिम्मा सुम्पिइएको थियो।
टीमले सुराकीको सूचनामा मण्डावली गाउँबाट मामुन खान (30) र उसकी पत्नी माउ खान (24)- लाई संदिग्ध गतिविधिहरूको कारणले समातेको थियो। जाँचबुझमा दुवैले स्वीकार गरे, उनीहरू बंगलादेशका हुन् र वैध भिजा वा दस्तावेज बिनै भारतमा बस्दै आइरहेका छन्। डीसीपी आदित्य गाैतमले बताए, पुलिसको जाँचपछि दुवैविरूद्ध विदेशी अधिनियम अन्तर्गत कानूनी कारबाही शुरू गरिएको छ।
पुलिसले बताए अनुसार यी दुई आरोपी लगभग 6 महिनाअघि भारत-बंगलादेश सीमाबाट पासपोर्ट बिनै खेतको बाटो भएर भारतमा भित्रेपछि दिल्ली आएका थिए। दिल्ली पुगेपछि यिनीहरूले मण्डावली क्षेत्रमा सब्जी बेच्न शुरू गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा