कोलकाता, 2 जून (हि.स.) । पश्चिम बंगालका राज्यपाल सी. वी. आनन्द बोसले सोमवार उनलाई राज्यबाट अपदस्थ गर्ने अड़कलहरूलाई शिराबाटै खारेज गर्दै भने, उनी आफ्नो मिशनमा अझ बढ़ी जोश लिएर अगाड़ि बढ़्नेछन् ताकि बगालको गुमेको प्रतिष्ठा-लाई फेरि बहाल गर्न सकियोस् तथा राज्यलाई हिंसामुक्त बनाउन सकियोस्।
हृदय सम्बन्धी रोगको कारणले लगभग एक महिना अस्पतालमा बिताएपछि गत 27 मईमा राजभवन फर्केका राज्यपाल बोसले भने, उनले चाँड़ै नै ग्रामीण क्षेत्रहरूको भ्रमण शुरू गर्नेछन् विशेष मुर्शिदाबाद र मालदा जस्ता हिंसा प्रभावित क्षेत्रहरूको ताकि समुदायहरूबीच पुनः भाइचारा कायम गर्न सकियोस्।
राज्यपाल बोसले सोमवार राजभवनमा भने, “बंगालले मलाई नयाँ जिन्दगी दिएको छ। म गाउँ-गाउँमा जानेछु अनि विभिन्न समुदायबीच मित्रता र सौहार्द स्थापना गर्नको लागि काम गर्नेछु साथै हिंसाविरूद्ध कड़ाईपूर्वक लड़्नेछु। मलाई अब धेरै काम गर्नु छ।”
74 वर्षीय बोसले स्वीकार गरे, उनलाई यस किसिमका अड़कलहरूले गर्दा अवश्य पनि कष्ट भएको छ। तर दिल्लीको जिम्मेवार समूह-ले उनलाई यस्ता अफवाहरूलाई बेवास्ता गर्ने सल्लाह दिएको छ। उनले भने, “तपाईहरूले यो प्रश्न उठाएपछि म अवश्य बताउन चाहन्छु कि मलाई दिल्लीबाट फोन आएको थियो- यस्ता अफवाहरूमा ध्यान नदिनु अनि आफ्नो काममा पूर्ण शक्ति खर्चिएर जुट्नु। मलाई स्पष्ट निर्देश प्राप्त भएको छ, मैले यहाँ शुरू गरेको मिशनलाई तीव्र गतिमा अघि बढ़ाउने।।”
उनले भने, बंगालका जनताको समस्या समादानको लागि उनी लगातार जनतामाझ जानेछन् अनि राज्यलाई हिंसामुक्त बनाउनको लागि पूर्ण रूपमा समर्पित रहनेछन्। यद्यपि डाक्टरहरूले हाल उनलाई केही दिनसम्म कामको गतिलाई मन्द राख्ने सल्लाह दिएका छन्। उनले बताए, “डाक्टरहरूले केही दिनसम्म मन्द गतिमा काम गर्ने सल्लाह दिएका छन्, किनभने म सदैव 20 घण्टासम्म काम गर्थे। पहिला यति ठूलो जिम्मेवारी नहुँदा पनि दिनहुँ 16 घण्टा काम गर्थेँ। यो मेरो स्वभावको अंश हो।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा