गान्तोक, 02 जून (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किम एकाइले उत्तर सिक्किममा निरन्तर भारी वर्षाका कारण भएका दुखद घटनाहरूप्रति गहिरो शोक एवं हार्दिक समवेदना व्यक्त गरेको छ। भाजपा सिक्किमले प्रभावित परिवारहरूहरूप्रति समवेदना व्यक्त गर्दै यस चुनौतीपूर्ण समयमा जनताप्रति ऐक्यबद्धता प्रकट गरेको छ।
भाजपा सिक्किम मिडिया प्रभारी निरेन भण्डारीले आज जारी विज्ञप्तिमा चुङथाङ-लाचेन राजमार्गमा भएको दुखद वाहन दुर्घटनाप्रति गहिरो दुःखी व्यक्त गरेका छन्, जहाँ 10 पर्यटक र एक चालक बोकेको गाडी टिस्टा नदीमा खसेको छ। दुई जनालाई उद्धार गरिएको छ भने नौ जना बेपत्ता छन्। उनले सिक्किम पुलिस, भारतीय सेना, आईटीबीपी र एनडीआरएफको निरन्तर उद्धार कार्यमा अथक प्रयासको सराहना गरेका छन्।
यसरी नै उनले 1 जूनमा उत्तर सिक्किमको छातेनस्थित सैन्य शिविरमा गएको पैह्रोको चपेटमा परेर बलिदान भएका तीन बहादुर जवानहरूप्रति गहिरो श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले जवानहरूको बलिदानलाई सम्मान गर्छौं र उनीहरूका परिवारहरूप्रति समवेदना प्रकट गर्दछौं भन्दै चार घाइते कर्मचारीहरूको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गरेका छन्। उनले बेपत्ता बनेका 6 जनाको सुरक्षित उद्धारको पनि आशा व्यक्त गरेका छन्।
भाजपा सिक्किमले उत्तर सिक्किममा फसेका पर्यटकहरूलाई द्रुत गतिमा बाहिर निकाल्न राज्य प्रशासनको सक्रिय पहलको पनि सराहना गरेको छ। यसैगरी, भाजपा सिक्किमले केन्द्रिय गृहमन्त्री अमित शाहलाई पनि धन्यवाद दिॅंदै गृहमन्त्रीले सिक्किमलाई केन्द्र सरकारको समर्थनको द्रुत आश्वासन दिए, जसले राहत एवं उद्धार प्रयासहरूमा बल पुगेको बताएको छ।
हिन्दुस्थान समाचार / बिशाल