बाढ़ी प्रभावित लखिमपुर जिल्लाको मुख्यमन्त्रीले गरे दौड़ाह
बाढ़ी प्रभावित लखिमपुर जिल्लाको मुख्यमन्त्रीले गरे दौड़ाह


- सम्बन्धित विभागहरूलाई राहत पुऱ्याउने सीएम डा. हिम्त बिस्व सरमाले दिए निर्देश

- नीपकोसित चर्चा गरेर पानी छोड़्नको लागि एसओपीलाई पालन गर्ने निर्देश

लखिमपुर (असम), 02 जून (हि.स.)। राज्यमापछिल्लो एक सप्ताहदेखि लगार भइरहेको वर्षाको कारणले माथिल्लो असम तथा बराक उपत्याकामा बाढ़ी आएको छ। त्यैमाथि माथिल्लो असमको लखिमपुर जिल्लामा नीपकोको ड्यामबाट अचानक पानी छोड़िएकोले ठूलो ध्वशं मच्चाएको छ। स्थितिको जायजा लिनका लागि सोमवार मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमा राज्यका जल संसाधन विभागीय मन्त्री पीयूष हजारिका, शिक्षा मन्त्री डा.रनोज पेगु, केशव महन्त आदि सहित पुगे।

मुख्यमन्त्रीलेसोशल मीडियामा एउटा पोस्ट शेयर गर्दै भनेका छन्, हालैमा वर्षाको सन्दर्भमा बिजुली विभागको कार्यप्रणाली वा यस्तो प्राकृतिक आपदा आइलाग्दा कसरी सक्रियता अनि पूर्व चेताउनी अप्नाउनुुपर्छ भन्ने विषयमा सम्बन्धित अधिकारीहरूसित चर्चा गरियो साथै वर्षाको पूर्व सूचना प्राप्त भएपछि तुरून्तै अत्यन्त सतर्कतापूर्वक जिल्ला प्रशासनसित समन्वय गर्दै अग्रिम कारबाही गर्नका लागि अधिकारीहरूलाई निर्देश दिइयो।

मुख्यमन्त्रीलेमीडियासित बातचित गर्दै भने, सोमवार लखिमपुरमा मैले नीपकोका अधिकारीहरूलाई निर्देश दिएँ कि उनीहरूले तलतिर ड्यामबाट पानी छोड़्दा वर्तमान एसओपीलाई पालन गरून्। पानीलाई अचानक तथा अस्थायी रूपमा छोड़्नाले बाढ़ीको स्थिति अझ गम्भीर भएको छ। लखिमपुरमा बाढ़ी प्रभावित क्षेत्रहरूको जायला लिँदै उने भने, हाम्रो सरकारले मानिसहरूलाई राहत प्रदान गर्नको लागि मिशन मोडमा काम गरिरहेको छ।

लखिमपुरमा आएकोबाढ़ीकोस्थितिलाई लिएर मीडिया समक्ष उनले भने, म बताउऩ चाहन्छु कि यस बाढ़ीले ज-जसलाई क्षति पुऱ्याएको छ उनीहरूलाई क्षतिपूर्ति दिने व्यवस्था हामी निश्चित रूपमा गर्नेछौं। अहिलेघरि स्थानीय आदिवासी मानिसहरूको पीड़ालाई हामीले बुझिरहेका छौं। यस संवेदनशील समयमाहामी सबैसित उपस्थित भएर उनीहरूको स्थितिलाई बुझ्दै आवश्यकताहरूको पूर्ति अनि समस्याहरूको समाधान गर्ने प्रयास गरिरहेका छौं।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande