कोरोना संक्रमणको आशंकाबीच स्कूल खोलिएकोमा अभिभावकहरू चिन्तित
कोरोना संक्रमणको आशंकाबीच स्कूल खोलिएकोमा अभिभावकहरू चिन्तित


कोलकाता, 02 जून (हि. स.)। पश्चिम बंगालमा गर्मी यामको छुट्टीपछि कोरोना संक्रमण हुनसक्ने आशंकाबीच सोमवारदेखि सरकारी स्कूलहरू खोलिएका छन्। वर्तमान राज्यमा कोरोनाका केही नयाँ संक्रमणहरू देखिएको छ। संक्रमित मानिसहरूको संख्या बढ़िरहेको छ। स्थितिलाई मध्यनजरर गर्दै अधिकांश स्कूलहरूले विद्यार्थीहरूको निम्ति मास्क लगाउनु अनिवार्य बनाएको छ।

बेथ्यून स्कूलकी कार्यवाहक प्रधानाध्यापिका शबरी भट्टचार्य एवं जादवपुर विद्यापीठकी प्रधानाध्यापिका पार्थप्रतिम वैद्यले पत्रकारहरूसित कुराकानी गर्दै भने, गर्मीको छुट्टीपछि स्कूल खोलिरहेको छ। हाल कोरोनाको भय व्याप्त भएको छ। स्थितिमाथि नजर राखिँदैछ।

उल्लेखनीय छ, देशका अन्य भागहरूसँगसँग पश्चिम बंगालमा पनि कोरोना संक्रमण बिस्तारै बढ़िरहेको छ। कोभिडको ओमिक्रन प्रजातिका दुई उप-प्रकार सामु आएको छ। कोरोनाको कारणले शिक्षक अनि अभिभावकहरूमा चिन्ता व्याप्त भएको छ।

उल्लेखनीय छ, बंगालमा बितेको एक साताभित्रमा कोरोना संक्रमित रोगीहरूको संख्या द्रूत गतिमा बढ़ेको छ। राज्यमा अहिलेसम्ममा 287 मानिसहरू संक्रमित भइसकेका छन् भने गत 26 मईसम्ममा यहाँ यो आँकड़ा मात्र 14 थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande