गान्तोक, 02 जून (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले मंगन जिल्लाको लाचेन अन्तर्गत छातेनस्थित सैन्य शिविरमा पैह्रोको चपेटमा परेर भारतीय सेनाका जवानहरूले ज्यान गुमाएको घटनाप्रति गहिरो दु:ख व्यक्त गरेका छन्। पैह्रोको चपेटमा परेर हवलदार लखविन्दर सिंह, लान्स नायक मुनिष ठाकुर र पोर्टर अभिषेक लखाडा बलिदान भएका छन्।
मुख्यमन्त्रीले दिवंगत जवानहरूका परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्। उनले घाइते जवानहरूको शीघ्र स्वास्थ्य र कठोर परिस्थितिमा खटिएको उद्धार टोलीलाई शक्ति मिलोस भनी प्रार्थना गरेका छन्।
मुख्यमन्त्रीले यो त्रासदी गम्भीर मौसमको परिणाम हो, जसले प्राकृतिक प्रकोपहरू हाम्रो नियन्त्रणभन्दा बाहिर छन् भन्ने कुराको स्पष्ट सम्झना गराउँछ भनी बताएका छन्। उनले सबैलाई यस समयमा यात्रा नगर्न र सुरक्षालाई प्राथमिकता दिन आग्रह गरेका छन्।
उल्लेखनीय छ, मंगन जिल्लाको छातेनस्थित सैन्य शिविर आइतवार राति पैह्रोको चपेटमा पऱ्यो। पैह्रोका कारण सेनाका तीन जवान बलिदान भएका छन् भने चार जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ। घटनास्थलमा अझै पनि 6 जना बेपत्ता बनेका छन् भने खोज एवं उद्धार कार्य जारी रहेको छ।
हिन्दुस्थान समाचार / बिशाल