कोलकाता, 02 जून (हि. स.)। कोलकाताको शरत बोस रोडस्थित एक होटलमा भएको आगलागीको घटनापछि क्षेत्रमा भय व्याप्त भएको छ। प्राप्त जानकारी अनुसार गए आइतवार राती लगभग एक बजे होटलको टप फ्लोरस्थित कन्फ्रेन्स रूपमा आगो लाग्यो। घटनाको सूचना दमकल विभागलाई दिइयो।
सूचना पाएर दमकल विभागका केही इञ्जीनहरू घटनास्थलमा पुगे। कड़ा परिश्रम गरेर आगोलाई नियन्त्रण गरियो। दमकलकर्मीहरूले होटलबाट लगभग 50 जना मानिसहरूलाई सुरक्षित बाहिर निकाले। यस घटनामा कुनै प्रकारको जनहानि भएको समाचार प्राप्त भएको छैन।
एसी मशिनमा शर्ट सर्किट भएको कारणले यो आगो लागेको अनुमान व्यक्त गरिँदैछ। आपातकालीन विशेषज्ञहरूको भनाइ छ, व्यवस्थापनको अभावमा यस्तो घटना भएको हो।
प्रारम्भिक अनुमानमा होटलको आफ्नो अग्निशामक सिस्टमले आगोलाई निभाउन सकिँदैनथ्यो। त्यसैले के प्रश्न उठिरहेको छ भने फायर लाइसेन्स नवीनीकरण तथा फायर अडिट नियमहरू अनुसार गरिएको थियो?
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा