गान्तोक, 02 जून (हि.स.)। सिक्किमको राजभवनमा आज तेलङ्गाना राज्यको 11औं स्थापना दिवस कार्यक्रम आयोजन गरियो। कार्यक्रमको शुरुवात राज्यपालका संयुक्त सचिव दिवस गौतमको स्वागत सम्बोधनबाट भयो।
तेलङ्गाना भारतको सबैभन्दा युवा राज्य हो। तेलङ्गाना 02 जून, 2014 मा आन्ध्र प्रदेशबाट अलग भएर भारतको 29औं राज्यको रूपमा स्थापित भएको हो। राज्य आफ्नो समृद्ध सांस्कृतिक विरासत, ऐतिहासिक स्थल र अद्वितीय व्यन्जनहरूको निम्ति प्रसिद्ध छ। तेलङ्गानामा चामल र कपास ठूलो मात्रामा उत्पादन हुन्छ, जसकारण यहॉंका वस्त्र आधारित हस्तशिल्प कलाहरू जीवित छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले शुरू गरेको दूरदर्शी एक भारत श्रेष्ठ भारत पहल अन्तर्गत देशका सबै राज्य र केन्द्र शासित प्रदेशहरूको स्थापना दिवस राजभवन/राज निवासहरूमा उत्साहको साथमा मनाइन्छ। यस क्रममा सांस्कृतिक आदान-प्रदान, एकता र अखण्डतालाई बलियो बनाउने उद्देश्यले प्रत्येक क्षेत्रको समृद्ध भाषा, सांस्कृतिक र पारम्परिक विरासतलाई प्रदर्शित गर्ने कार्यक्रम आज सिक्किमको राजभवनमा पनि आयोजन गरियो।
यस अवसरमा राजभवनका अधिकारीहरू र कर्मचारीहरू उपस्थित थिए। कार्यक्रमको सञ्चालन राज्यपालकी जनसम्पर्क अधिकारी ममता अवस्थीले गरेकी थिइन्।
हिन्दुस्थान समाचार / बिशाल