अप्पर सिडर्समा मेघा नि:शुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न
अप्पर सिडर्समा मेघा नि:शुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न


सोनादा, 02 जून (हि.स.)। अप्पर सिडर्स प्राथमिक पाठशालामा रोटरी क्लब अफ् दार्जिलिङको आयोजना तथा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सहयोगमा नि:शुल्क स्वास्थ्य तथा औषधि वितरण शिविर सम्पन्न भएको छ। एक दिवसीय शिविरको आयोजना गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको स्वास्थ्य विभाग र रोटरी क्लब अफ् दार्जिलिङद्वारा गरिएको थियो।

यस शिविरमा विभिन्न स्वास्थ्य विशेषज्ञहरूद्वारा सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिनुका साथै आवश्यक औषधिहरू नि:शुल्क रूपमा वितरण गरियो। यस शिविरले विशेष गरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने जनतालाई लक्षित गर्दै उनीहरूको स्वास्थ्यप्रति सचेत गराउने उद्देश्य राखेको बताइको छ। शिविरमा बालबालिका, वृद्ध-वृद्धा तथा महिलाहरूको उल्लेखनीय उपस्थिति देखियो।

बन्द रहेको सिडर्स चियाबारी क्षेत्रमा आयोजित यस नि:शुल्क स्वास्थ्य जाँच शिविरमा जीटीएको डेपुटी चेयरम्यान राजेस चौहान, निर्देशक सामदेन डुक्पा लगायत पञ्चायतहरु, लोटरी क्लबका सदस्यहरू र अन्यहरु उपस्थित रहेका थिए‌। यस शिविरमा 300 देखि 350 जना जतिले स्वास्थ्य जाँच गराएको जानकारी प्राप्त भएको छ।

जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानले केही जीटीए प्रमुख अनित थापाको निर्देशनमा यहाँका बिमारीहरुको सुविधाको निम्ति जीटीए र ग्राम पञ्चायतका प्रतिनिधिहरुको पहलमा आज मेघा स्वास्थ्य जाँच शिविरको आयोजना गरिएको बताए। उनले शिविरमा अर्थोपेडिक, ईएनटी, नानीहरुको डाक्टर, आँखा, गायनो, साधारण रोग विशेषज्ञ डाक्टरहरु साथै सुखे पोखरी खण्ड प्राथमिक स्वास्थ्य केन्द्र र सोनादा उप स्वास्थ्य केन्द्रबाट पनि प्रतिनिधिहरु उपस्थित रहेको जानकारी गराए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande