संदिग्ध अवस्थामा युवकको शव भेटियो
संदिग्ध अवस्थामा युवकको शव भेटियो


गुवाहाटी, 20 जून (हि.स.)। गुवाहाटीको दिसपुर थाना अधिनस्थ नयनपुरमा एकजनायुवककोशवसंदिग्ध अवस्थामा भेटियो।

पुलिसले शुक्रवार बतायो, थाना क्षेत्रको नयनपुरमा एउटा भाड़ाको घरमा बस्दै आइरहेका रफिउल आलम नामक युवकको शव संदिग्ध अवस्थामा भेटिएको छ। मृत युवक दरंग जिल्लान्तर्गत सिपाझार निवासी रहेको बताइएको छ।

जानकारीको आधारमा घटनास्थलमा पुगेको पलिसको टीमले युवकको शवलाई आफ्नो कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि गुवाहाटी मेडिकल कलेज एण्ड अस्पतालमा पठाइदिएको छ। मृत युवकको परिवारले यसलाई हत्या बताएको छ। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande