मंगन, 20 जून (हि.स.)। मंगन जिल्लाको चुङथाङका महकुमा अधिकारी, पिपन छो बन्दु लाचेन्पा, राजस्व अधिकारी र लाइन विभागका अधिकारीहरूले लाचेनको विभिन्न क्षेत्रमा पैह्रोले पुऱ्याएको क्षति आकलन गर्ने उद्देश्यले निरीक्षण भ्रमण गरे। महकुमा अधिकारीको नेतृत्वमा गएको टोलीले पैह्रो प्रभावित क्षेत्रहरूमा क्षयक्षतिको जायजा लिएको छ।
निरीक्षण टोलीसँग एयरटेलका प्राविधिकहरू पनि मोबाइल नेटवर्क पुनर्स्थापना गर्नका लागि आफ्नो उपकरणहरू लिएर गएका थिए। टोलीले विशेष गरेर तत्काल सुरक्षात्मक उपायहरू आवश्यक पर्ने सबै सम्भावित पैह्रौ स्थलहरूको भ्रमण गऱ्यो।
पैह्रौले क्षतिग्रस्त बनाएका घरहरूको मूल्याङ्कन अभियन्ताको टोलीले गर्दै विभिन्न स्थानहरूमा सुरक्षात्मक पर्खाल र ढल निकास प्रणालीको आवश्यकताको जानकारी लिइयो। सोही क्रममा टोलीले उक्त स्थानहरूमा औषधि र खाद्यान्नको उपलब्ध भण्डारको पनि मूल्याङ्कन गरेको बताइएको छ।
हिन्दुस्थान समाचार / प्रदीप