सोनादा, 20 जून (हि.स.)। रंगबुल उच्च माध्यमिक विद्यालयका माध्यमिक अनि उच्च माध्यमिकका विद्यार्थीहरूलाई लिएर आज विदाई कार्यक्रम आयोजन गरियो। कार्यक्रम विद्यालयका प्रधान अध्यापक हरिश कमल लिम्बूको अध्यक्षतामा सम्पन्न गरियो।
यस विदाई अनि सम्बर्द्धना कार्यक्रममा रंगबुल निवासी स्वर्गीय दावा माइला डुक्पाको स्मरणमा उनकी छोरी पासाङ डोमा डुक्पा (रिङ्कू) अनि डुकपा परिवारद्वारा वर्षेनी झैं यस वर्ष पनि 60% भन्दा माथि अंक ल्याएर उत्तीर्ण भएका विद्यार्थीहरूलाई छात्रवृत्ति साथै अन्यहरूलाई उपहार प्रदान गरियो।
छात्रवृत्ति पाउने विद्यार्थीहरुमा रोशनी खातुन 60% माध्यमिक परीक्षा 2025, शिवानी सुब्बा 71% उच्च माध्यमिक परीक्षा, मुस्कान कुमारी गुप्ता 63% उच्च माध्यमिक परीक्षा आदि सामेल छन्। जम्मा 16 जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको छ।
स्वर्गीय दावा माइला डुक्पाकी छोरी लगायत सम्पूर्ण डुक्पा परिवारलाई विद्यार्थीहरू र शिक्षकहरूलाई धन्यवाद ज्ञापन गरेको बताइएको छ।
हिन्दुस्थान समाचार / हनोक