ड्रग्स विराेधी अभियानमा सफलता हात पार्दै मिरिक पुलिसद्वारा तीसजना पक्राउ
Campaign against drugs


मिरिक, 20 जून (हि.स.)। दार्जिलिङ पुलिसकाे निर्देशमा मिरिक पुलिसले ड्रस विराेधी अभियान चलाउँदै बितेकाे चार दिनमा नशालु पदार्थ सेवन, ओसार प्रसारकाे घटनासित सम्बन्धित तीसजनालाई पक्राउ गरेकाे छ।

मिरिक महकुमाका एसडीपीओ विनाेदकुमार मीना अनि मिरिक थाना प्रभारी सुदीप कुमार विश्वासकाे नेतृत्वमा मिरिक महकुमाका विभिन्न ठाँउमा चलाइएकाे ड्रग्स विराेधी अभियानमा चार दिनकाे अवधिमा तीसजनालाई पक्राउ गरिएकाे छ।‌ पक्राउ परेकाहरुका उमेर 22 देखि 30 वर्षसम्म रहेकाे मिरिक महकुमाका एसडीपीओ बिनाेदकुमार मीनाले पत्रकारहरुलाई जानकारी गराएका छन्।

उनले दार्जिलिङ पुलिसकाे शून्य ड्रग्स सेवन, ओसार प्रसार अभियानलाई सफल बनाउन मिरिक पुलिसले पनि दैनिक ड्रग्स विराेधी अभियान चलाइरहेकाे बताए। उक्त अभियान अन्तर्गत मिरिकको थर्बु, निगाले, मरमा, मिरिक बस्ती राेड, साैरेनी आदि क्षेत्रमा चलाइएकाे अभियानमा तीसजनालाई पक्राउ गरिएकाे उनले बताएका छन्।

एसडीपीओ बिनाेद कुमार मीनाले ड्रग्स विराेधी अभियानमा मिरिक महकुमाभरि दैनिक चलाइरहेकाे जानकारी गराँउदै यस अभियानलाई सफल बनाउन मिरिकका प्रत्येक नागरिक समाज अनि संघ संस्थाहरूकाे पनि सहयाेगकाे खाँचाे पर्ने बताए। उनले मिरिक पुलिस मिरिकलाई ड्रग्स मुक्त बनाउन प्रतिबद्ध रहेकाे छ भन्दै यदि कसैलाई पनि उक्त विषयमा कुनै जानकारी भएर चाैबीस घण्टा पुलिसलाई सम्पर्क गर्न सक्ने बताएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande