वहदाम इण्डियाद्वारा 20 जना विद्यार्थीहरुलाई नन्दलाल र सबिता देवी सारदा छात्रवृत्ति 2025 प्रदान
Kurseong-students-scholarship


खरसाङ, 20 जून (हि.स.)। खरसाङ महकुमा अन्तर्गत दिलरामको सन्त जेभियर्स उच्चत्तर माध्यमिक विद्यालयमा आज वहदाम इण्डियाद्वारा नन्दलाल र सबिता देवी सारदा छात्रवृत्ति 2025 प्रदान कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिहरुमा वहदाम इण्डियाका‌ सीईओ बाला सारदा, क्षेत्रीय सभासद नुरी शेर्पा, सन्त जेभियर्स उच्चत्तर माध्यमिक विद्यालयका प्रधानाध्यापक अनिल शर्मा, खरसाङ कलेजका प्राचार्य डा. समीर बल आदि उपस्थित रहेका थिए।

कार्यक्रममा स्वागत सम्भाषण साथै वहदाम इण्डियाको विषयमा सीईओ बाला सारदाले‌ विस्तृत जानकारी गराएका थिए। सन् 2015 सालमा स्थापना भएको वहदाम इण्डियाले नन्दलाल र सबिता देवी सारदा छात्रवृत्ति 2025 को माध्यमद्वारा धेरै विद्यार्थीहरुलाई आर्थिक सहायता र परीक्षा तयारीको लागि तालिम प्रदान गर्ने लक्ष्य राखेको छ।

वहदाम इण्डियाद्वारा चिया, जडीबुटी र मसाला उत्पादक समुदायहरुमा प्रभाव बढाउन आफ्नो छात्रवृत्ति कार्यक्रमको विस्तार गरेको छ। भारतका उत्कृष्ट चिया, जडिबुटी, र वनस्पति उत्पादनहरुलाई विश्वभरि पुऱ्याउॅंदै आएको अग्रणी घरेलू वेलनेस ब्राण्डमध्ये एक वहदाम इण्डियाले आफ्नो प्रमुख टीच मी पहल अन्तर्गत नन्दलाल र सबिता देवी सारदा छात्रवृत्ति 2025 को घोषणा गरेको छ।

सन् 2018 मा शुरु गरिएको टीच मी वहदामको लामो समयदेखि चलिरहेको समाजिक प्रभाव कार्यक्रम हो, जसले किसान र श्रमिकहरुका नानीहरुलाई समर्थन गर्दछ। यो छात्रवृत्ति भारतका प्रमुख चिया जडीबुटी र मसाला उत्पादक क्षेत्रहरु जस्तै पश्चिम बंगालको सिलगढी, दार्जिलिङ, तराई डुवर्स, सिक्किम, असम, तमिलनाडु, हिमाञ्चल प्रदेश केरल, कर्नाटक र महाराष्ट्रका विद्यार्थीहरुका लागि खुल्ला हुनेछ। यस छात्रवृत्ति अन्तर्गत दशौँ कक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूका‌ लागि 10 हजार छात्रवृत्ति रहेको छ।

यसै कार्यक्रममा वहदाम इण्डियाद्वारा यस वर्ष विभिन्न स्थानहरुका‌ जम्मा 20 जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ। उक्त छात्रवृत्ति प्रमुख अतिथि जीटीए प्रमुख अनित थापा र वहदाम इण्डियाका‌ सीईओ बाला सारदा र उनका माता पिताको बाहुलीबाट प्रदान गरिएको छ। कार्यक्रमपछि पत्रकार सम्मेलन आयोजना गरेर वहदाम इण्डियाका‌ सीईओ बाला सारदाले वहदाम इण्डिया र छात्रवृत्ति कार्यक्रम विषयमा विस्तृत जानकारी गराए थिए।

त्यसरी नै जीटीए प्रमुख अनित थापाले दार्जिलिङ पहाडका‌ अब्बल विद्यार्थीहरुलाई वहदाम इण्डियाद्वारा प्रदान गरिएको छात्रवृत्तिले‌ शिक्षामा ठूलो सहयोग पुग्ने बताएका छन्। उनले यस छात्रवृत्ति कार्यक्रमको लागि वहदाम इण्डियालाई धन्यवाद पनि दिएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande