
शिलंग, 20 जून (हि.स.)। मुख्यमन्त्री कनराड के संगमाले शुक्रवार ‘मिशन अमन असोंग’- को शुभारम्भ गरे। यो मिशन गारो हिल्स क्षेत्रमा भूमि प्रशासनलाई सुव्यवस्थित बनाउने उदेश्यले गरिएको एक उन्नत भूमि प्रबन्धन अनि राजस्व प्रशासन प्रणाली हो। यो पहल गारो हिल्स स्वायत्त जिल्ला परिषद (जीएचएडीसी)- को अधिकार क्षेत्रभित्र पर्दछ।
मिशन अनुरूप जीएचएडीसी अन्तर्गत पर्ने भूमिको सर्वेक्षण, मानचित्रण औ डिजिटलीकरण गरिनेछ ताकि पारदर्शिता औ रेकर्ड राख्नमा सुधार हुन सकोस्। यस परियोजनामा निजी स्वामित्वमा रहेको भूमिको मानचित्रण पनि सामेल हुनेछ जसबाट सीमाहरूलाई स्पष्ट रूपमा चिन्हित गर्न सकियोस् अनि भूमि विवादहरूलाई कम गर्न सकियोस्।
मुख्यमन्त्री कनराड संगमाले यस कदमको सराहना गर्दै जीएचएसडीसीलाई बधाई दिए। उनले भने, यो भूमिअधिकारहरूको रक्षा गर्ने अनि क्षेत्रमा उत्कृष्ट भूमि प्रशासन सुनिश्चित गर्ने दिशामा एउटा लामो बाटो तय गर्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा