बर्दवान विश्वविद्यालयमा करोड़ौं रुपियाँको वित्तीय घोटाला, रहस्यमयी व्यक्ति सुब्रत दास बने जाँचको केन्द्रबिन्दु
बर्दवान विश्वविद्यालयमा करोड़ौं रुपियाँको वित्तीय घोटाला, रहस्यमयी व्यक्ति सुब्रत दास बने जाँचको केन्द्रबिन्दु


बर्दवान, 20 जून (हि.स.)। बर्दवान विश्वविद्यालयमा करोड़ौं रुपियाँको वित्तीय घोटाला भएको थाहा लागेको छ जसमा एक जना रहस्यमयी व्यक्ति सुब्रत दासको भूमिकालाई लिएर केही प्रश्नहरू उठिरहेका छन्। विश्वविद्यालयको प्रशासनिक विभागदेखि लिएर शिक्षक अनि कर्मचारीहरूसम्म सबैले यही चर्चा गरिरहेको छ, आखिर को हुन् सुब्रत दास र विश्वविद्यालयको वित्तीयव्यवस्थासम्म दास कसरी पुगे?

जाँच अनुसार विश्वविद्यालयको फिक्स्ड डिपोज़िट पहिला पञ्जाब नेशनल ब्यांक, स्टेशन बजार, जेलखाना मोड़ शाखामा राखिएको थियो। पछि फिक्स्ड डिपोजिटको मियाद पूरा भएपछि यसलाई ब्यांक अफ बड़ौदाको जादवपुर शाखाको एक विशेष सेभिंग्स अकाउण्ट (खाता संख्या : 57170100001893)-मा स्थानान्तरण गरियो जुन सुब्रत दासको नाममा दर्ता छ।

यस खातामा तीन चरणमा एक करोड़ तिरानब्बे लाख नवासी हजार आठ सय छ्यात्तर रुपियाँ जमा गरियो। सबैभन्दा ठूलो प्रश्न यहाँ के छ भने विश्वविद्यालयको फिक्स्ड डिपोजिटको राशिलाई कुनै व्यक्तिको निजी बचत खातामा कसरी ट्रान्सफर गरियो? सूत्र अनुसार त्यसबेला रजिस्ट्र अनि वित्त अधिकारीले यस ट्रान्सफरको आदेश जारी गरेको थियो।

विश्वविद्यालयको वित्त विभागीय कर्मचारीहरू क्रमैले भक्त मण्डल र एनामुल हक तथा अर्को एक जना अधिकारीलाई यस खातामा भइरहेको लेनदेनको बारेमा जानकारी थियो। भनिन्छ, सुब्रत दास विश्वविद्यालयको गोल्डन जुबली बिल्डिंगमा अवस्थित वित्त कार्यालयमा नियमित रूपमा आउ-जाउ गर्थे।

अहिलेसम्म यो स्पष्ट हुन सकेको छैन कि सुब्रत दासको असली पहिचान के हो। के तिनी ठेकादार थिए वा कुनै प्रभावशाली व्यक्तिसित जोड़िएका छन्? विश्वविद्यालयका पूर्व कुलपति डा. निमाईचन्द्र साहासित उसको सम्बन्धको चर्चा पनि भइरहेको छ, किनभने सुब्रतको निवासस्थान कल्याणी क्षेत्रमा छ जहाँ पूर्व कुलपति पनि बस्थे।

तथापि सीआईडीको जाँचबुझमा पूर्व कुलपतिले स्वयंलाई निर्दोष बताएका छन्, तर जाँचमा अहिलेसम्म सामु आएका दस्तावेजहरूले अर्कै संकेत दिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande