मुख्यमन्त्री डा. सरमाले दिए कलागुरु विष्णुप्रसाद राभालाई श्रद्धाञ्जलि
मुख्यमन्त्री डा. सरमाले दिए कलागुरु विष्णुप्रसाद राभालाई श्रद्धाञ्जलि


-राभाको सांस्कृतिक चेतना आज पनि प्रासंगिक छः मुख्यमन्त्री

गुवाहाटी, 20 जून (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शुक्रवार कलागुरु विष्णुप्रसाद राभाको पुण्यतिथिमा उनलाई भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरे। उनले भने, राभा एकजना कलाकार मात्र होइनन्, समाज अनि संस्कृतिप्रति समर्पित एकजना महान व्यक्तित्व पनि थिए।

मुख्यमन्त्रीले सोशल मीडिया पोस्टमा लेखे, “कलागुरु विष्णुप्रसाद राभा समाज-संस्कृतिक चेतनालाई जीवन्त बनाउने एकजना महान व्यक्तित्वको नाम हो। राभा देवको बहुरंगी जीवन यात्रामा हामी सृजन एवं समाज चेतनाको सन्देश पाउँछौं। संस्कृतिका उपासक राभा देवले आधुनिक तकनिकको माध्यमबाट हेर्ने महान प्रयास गरे। राभाको आभा चारै दिशामा व्याप्त छ यस महान विभूतिको पुण्यतिथिमा हृदयको गहिराईबाटै अर्पण गर्दछु हजारौं प्रणाम।”

मुख्यमन्त्रीको यस श्रद्धाञ्जलिले राभाको विरासतलाई आधुनिक सन्दर्भसित जोड़्दै यो सन्देश दियो, आज पनि उनका विचार अनि रचनात्मकताले नयाँ पिँढ़ीहरूलाई प्रेरित गर्दछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande