नयाँ दिल्ली, 20 जून (हि.स.)। अन्तर्राष्ट्रिय योग दिवस, 21 जूनमा दिल्लीका सबै लाइनहरूमा बिहान 4 बजीदेखि मेट्रो चल्नेछ। दिल्ली मेट्रो रेल निगम (डीएमआरसी)-का मुख्य कार्यकारी निदेशक अनुज दयाल अनुसार शनिवार दिल्लीका ठाउँ-ठाउँमा योग दिवसको आयोजन बिहान 6 बजीदेखि नै शुरू हुनेछ।
त्यसैले गन्तव्यसम्म पुग्नको लागि बिहान 4 बजेदेखि नै सबै लाइनहरूमा मेट्रो सेवा शुरू हुनेछ। सामान्य दिनमा मेट्रो सेवा बिहान 6 बजीदेखि शुरू हुनेछ। तर शनिवार योग दिवसको लागि बिहान 4 बजीदेखि 30-30 मिनटको अन्तरालमा ट्रेन परिचायन शुरू हुनेछ। यद्यपि दुई घण्टापछि बिहान 6 बजीदेखि सामान्य दिन जस्तै निर्धारित अन्तरालमा मेट्रो उपलब्ध हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा