अबउसो एयरपोर्ट अथोरिटीको अनुमति बिना अग्लो भवन बन्नेछैन, कोलकाता एयरपोर्ट प्रशासनले गऱ्यो नयाँ व्यवस्थाको माग
अबउसो एयरपोर्ट अथोरिटीको अनुमति बिना अग्लो भवन बन्नेछैन, कोलकाता एयरपोर्ट प्रशासनले गऱ्यो नयाँ व्यवस्थाको माग


कोलकाता, 20 जून (हि. स.)। अहमदाबादमा हालैमा भएको विमान दुर्घटनापछि अब कोलकाताको नेताजी सुभाष चन्द्र बोस अन्तर्राष्ट्रिय हवाईअड्डा प्रशासनले हवाईअड्डा वरपर अग्ला-अग्ला भवनहरूलाई लिएर कड़ा कदम उठाएको छ। एयरपोर्ट अथोरिटी चाहन्छ, हवाईअड्डादेखि 20 किलोमीटरको परिधिभित्र कुनै पनि अग्लो भवन निर्माण गर्ने अनुमति उनीहरूको अनापत्ति प्रमाण पत्र (एनओसी)-पछि नै दिइनेछ।

एयरपोर्टसित सम्बन्धित एक जना वरिष्ठ अधिकारीले हिन्दुस्थान समाचार-सित भने, अहमदाबादमा भएको एयर इण्डियाको विमान दुर्घटनामा सबै यात्रीहरूको मृत्यु भएको थियो, एकजना मात्र यात्रीको ज्यान बचेको थियो। यस घटनाले देशभरिका एयरपोर्ट प्रशासनलाई सतर्क बनाइदिएको छ। कोलकाता एयरपोर्ट प्रशासनको मान्यता छ, हवाईअड्डा वरिपरी अग्लो भवनहरू विमान संचालनको लागि खतरा बन्नसक्छ, त्यसैले यस्तो निर्णय लिन आवश्यक छ।

स्थानीय जनप्रतिनिधिहरूसित बातचित आरम्भ-

तथापि अहिलेसम्म यस सम्बन्धमा कुनै औपचारिक अधिसूचना जारी नभए पनि एयरपोर्ट प्रशासनले हवाईअड्डा संलग्न क्षेत्रहरूका जनप्रतिनिधिहरूसित यस विषयमा चर्चा शुरू गरेको छ। पश्चिम ंबंगालका खाद्य एवं आपूर्ति मन्त्री तथा मध्यमग्रामबाट तृणमूल विधायक रथिन घोषले पुष्टि गरेका छन्, एयरपोर्ट प्रशासनको प्रमुख माग यही हो कि हवाईअड्डादेखि 20 किलोमीटरको दायराभित्र कुनै पनि बहुतले भवनलाई त्यसबेलासम्म स्वीकृत गरिनेछैन जबसम्म एयरपोर्टबाट एनओसी पाइँदैन।

केही नगरनिकायहरू यस दायराभित्र पर्नेछन्-

रथिन घोषले बताए, मध्यमग्राम नगरपालिकाले पहिलाबाटै यस नियमलाई पालन गरिरहेको छ, किनभने यो हवाईअड्डाको सबैभन्दा नजिकमा छ। अब नयाँ अधिसूचना जारी भएपछि मध्यमग्राम, न्यू ब्यारकपुर, उत्तर दमदम, बिधाननगर औ कोलकाता नगरनिगमका केही भागहरू पनि यस नियन्त्रणको दायराभित्र पर्नेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande