नयाँ दिल्ली, 20 जून (हि.स.)। मुख्यमन्त्री रेखा गुप्ताले भनिन्, दिल्ली सरकारले शहरमा झुग्गी बस्तीहरूको पुनर्विकास गर्नको लागि मुम्बईको धारावी मोडलको अध्ययन गरिरहेको छ। यहाँका 675 झोपड़ी बस्तीहरूको पुनर्विकास गर्ने व्यवस्था गरिनेछ। मुख्यमन्त्रीले स्पष्ट शब्दमा भनिन्, घर पाइसकेका मानिसहरूले आफ्नो झोपड़ी छोड़्नुपर्छ। रेल लाइनमा झोपड़ी बनाउनेहरूको लागि सरकारले केही गर्न सक्दैन। मुख्यमन्त्रीले शुक्रवार शालीमार बाग विधानसभाको कस्तूरबा पोलिटेक्निकको निर्माण कार्यको उद्घाटन गरेपछि पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा उक्त आशयको जानकारी दिइन्।
मुख्यमन्त्रीले आज नै पितमपुरादेखि लिएर अम्बेडकर नगरको रैन बसेरासमम्म भइरहेको विकास कार्यको पनि निरीक्षण गरिन् भने केही नयाँ परियोजनाहरूको शुभारम्भ गरिन्। उनले एक्स पोस्टमा भनिन्, जुन समस्याहरूले वर्षौंदेखिको समाधानको बाटो खोजिरहेको थियो, ती समस्याहरूको समाधानको दिशामा आज कदम उठाइएको छ। क्षेत्रमा 17 लाख एवं 27 लाखको लागतमा दुईवटा पम्प हाउसको लोकार्पण गरियो जसले जलभराउको समस्याको स्थायी समाधान गर्नेछ।
हाम्रो संकल्प हो, दिल्लीमा विकासको अर्थ योजनाहरू मात्र नभएर हरेक कलोनी र हरेक नागरिकको जीवनमा सहुलियत अनि समृद्धि ल्याउनु हो। दिल्लीलाई सुन्दर, व्यवस्थित एवं सुविधासम्पन्न बनाउनु हो।
यस अतिरिक्त मुख्यमन्त्री आज शालीमार बागमा आत्मयोग संस्थानद्वारा आयोजित योग, ध्यान एवं चिकित्सा शिविरमा सहभागी भइन्। यस अवसरमा उनले भनिन्, योग भारतको अद्वितीय सांस्कृतिक धरोहर हो जसले शरीरलाई स्वस्थ मात्र राख्दैन जबकि मनलाई स्थिरता अनि आत्मालाई चेतना प्रदान गर्दछ। यो अनुसासन, सन्तुलन एवं आत्मसंवादको अमूल्य माध्यम हो।
मुख्यमन्त्रीले भनिन्, 21 जून अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा दिल्लीका एघार वटा प्रतिष्ठित स्थलहरूमा उनी, दिल्ली सरकारका मन्त्री एवं सांसदहरूले आम नागरिकहरूसित मिलेर योग साधना गर्नेछन्। उनले सबैसित आग्रह गरिन्, अधिकतम संख्यामा यस अभियानसित जोड़िनुहोस् अनि 'एक भारत, स्वस्थ भारत'- को संकल्पलाई जन-जनको उत्सव बनाउनुहोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा