उत्तर-पश्चिम जिल्लामा अपरेशन कवच 8.0 अन्तर्गत ठूलो कारबाही
उत्तर-पश्चिम जिल्लामा अपरेशन कवच 8.0 अन्तर्गत ठूलो कारबाही


नयाँ दिल्ली, 20 जून (हि.स.)। उत्तर-पश्चिम जिल्लामा अपराधमाथि लगाम कस्ने उदेश्यले संचालित अपरेशन कवच 8.0 अन्तर्गत पुलिसले कड़ा कारबाही गर्दै 24 घण्टाभित्रमै 37 वटा ठाउँमा छापा मारेर केही अपराधीहरूलाई पक्राउ गऱ्यो साथै अवैध सामग्रीहरू पनि जफ्त गऱ्यो।

डीसीपी भीष्म सिहंले शुक्रवार बताए, अपरेशन कवच अन्तर्गत 13 जना नशा तस्करहरूलाई समातियो जसको कब्जाबाट 5.27 किलो गाँजा जफ्त गरियो। यी तस्करहरू क्षेत्रमा नशा सप्लाईमा सामेल थिए जो विगत लामो समयदेखिकै पुलिसको रडारमा थिए। यसै क्रममा अवैध मदिराको धन्दामा लगाम लगाउँदै पुलिसले 274 लीटर अवैध देशी मदिरालाई जफ्त गऱ्यो भने 19 जना तस्करहरूलाई पक्राउ गऱ्यो। उक्त मदिरालाई वरपरका क्षेत्रहरूबाट ल्याएर दिल्लीमा सप्लाई गरिंदैथ्यो।

यसरी नै अवैध हतियारविरूद्ध अभियानमा पुलिसले चारजना आरोपीहरूलाई पक्राउ गऱ्यो जसको कब्जाबाट चारवटा चक्कु जफ्त गरियो। यो कारबाहीलाई सम्भावित हिंसक घटनाहरूलाई रोक्ने दृष्टिकोणले महत्वपूर्ण मानिँंदैछ। यस अतिरिक्त ग्याम्बलिंग एक्ट अन्तर्गत एकजना व्यक्तिलाई 1,360 नगद र जुवासित सम्बन्धित सामानहरू सहित पक्राउ गरियो। पुलिसले केही संदिग्ध स्थानहरूमा छापा मारेर अवैध जुवा ज स्ता गतिविधिहरूमाथि रोक लगायो।

डीसीपीले उत्तर-पश्चिम जिल्लाका नागरिकहरूसित अपील गरेका छन्, उनीहरूले कुनै पनि संदिग्ध गतिविधिको बारेमा तत्काल जानकारी दिउन्। यसप्रकारको निरन्तर कारबाहीबाट अपराधीहरूमा भय मात्र उत्पन्न हुँदैन जबकि आम जनतामा सुरक्षाको भावना पनि बढ़्दछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande