कोलकाता, 20 जून (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले शुक्रवार राष्ट्रपति द्रौपदी मुर्मूलाई उनको 67औं जन्मदिनमा शुभकामना दिइन्। मुख्यमन्त्रीले आफ्नो आधिकारिक एक्स ह्याण्डमा पोस्ट गर्दै लेखिन्, “भारतकी माननीया राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूलाई जन्मदिनको हार्दिक शुभकामना।”
उनले अझ लेखिन्, “ईश्वरसित प्रार्थना छ कि उनलाई दीर्घायु, उत्तम स्वास्थ्य अनि खुसीयाली प्राप्त होस् ताकि उनले राष्ट्रको सेवा यसरी नै सौम्यता र समर्पणको साथमा गरिरहुन्।”
स्मरण गराइन्छ, द्रौपदी मुर्मू वर्ष 2022-मा भारतकी पहिलो आदिवासी राष्ट्रपति बनेकी थिइन्। यस वर्ष उनी 67 वर्ष पुगिन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा