कोलकाता, 20 जून (हि.स.)। कोलकाता शहरमा शुक्रवार एक हृदयविदारक घटना घट्यो जसमा बसले कुल्चिएर एक जना व्यक्तिको मृत्यु भयो। मृतकको पहिचान हुगली जिल्लाको चुँचुड़ा निवासी अभिषेक दास (30)-को रूपमा भएको छ।
जानकारी अनुसार अभिषेक दासले 212 नम्बर रूटको एउटा बसमा यात्रा गरिरहेका थिए। उक्त बस एक्साइडदेखि शरत बोस रोड तर्फ मोड़िँदा तिनले बसबाट उत्रिने प्रयास गरे। प्रत्यक्षदर्शीहरू अनुसार बसबाट उत्रिनसाथ खुट्टा चिप्लिएर सोझै तिनी बसको पछिल्लो चक्काको मुनि पुगे।
घटनापछि क्षेत्रमा कोकोहोलो मच्चियो। वरपरका मानिसहरू तथा बटुवाहरूले तुरून्त घटनास्थलमा पुगेर घाइते अभिषेकलाई एसएसकेएम अस्पतालमा पुऱ्याए, तर त्यसबेलासम्ममा ढिला भइसकेको थियो। डाक्टरहरूले तिनलाई मृत घोषित गरिदिए।
दुर्घटनाले गर्दा केही समयसम्म यस क्षेत्रमा यातायात बाधिर रह्यो। बटुवा अनि स्थानीय मानिसहरूमा व्यापक आक्रोश देखियो। उनीहरूले घटनास्थलमा भेला भएर यातायात विभाग र बस चालकको लापरवाहीप्रति रोष व्यक्त गरे। घटनास्थलमा पुगेको पुलिसले स्थितिलाई नियन्त्रण गऱ्यो अनि शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदियो।
पुलिस सूत्र मुताविक बस चालकसित जाँचबुझ गरिँदैछ भने घटनास्थल वरपरका सीसीटीभी फुटेजहरूको पनि जाँच गरिँदैछ ताकि दुर्घटनाको वास्तविक कारण पत्तो लगाउन सकियोस्। प्रारम्भिक जाँचमा स्पष्ट भएको छ, बसबाट उत्रिँदा चालकले वाहनलाई पूर्णरूपले रोकेको थिएन जसले गर्दा यो दुर्घटना भयो।
स्थानीय नागरिकहरूको माग छ, व्यस्त चौरस्ता अनि मोड़हरूमा सार्वजनिक बसहरूको गतिलाई नियन्त्रण गरियोस् साथै सवारीहरूले चढ़्दा-झर्दा विशेष सतर्कता अप्नाउन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा